रङ्गेली/प्रभावकारी समन्वयको अभावमा विराटनगर–३ मा बन्न लागेको भ्यू टावर विराटनगर विमानस्थलको लागि बाधक बन्दै छ । सङ्घ, प्रदेश र निजी क्षेत्रको लगानीमा निर्माणाधिन अवस्थामा रहेको एकसय १० मिटर अग्लो भ्यू टावरले बिमानका लागि बाधक बन्ने देखिएको हो ।

यो विमानस्थललाई अन्तरदेशीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न लागिएको छ ।

तर, भ्यू टावरको अग्लाइको कारण विमानका लागि बाधक बन्ने देखिएको हो । ‘भिजिविलिटी’ मा समस्या देखिने भन्दै भ्यू टावर विवादमा तानिएको छ ।

एक साताअघि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश १ मन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरेले संयुक्त रूपमा शिलान्यसा गरेको भ्यू टावर विमानस्थलबाट एक किलोमिटर दूरीमा रहेको छ ।

भ्यू टावर निर्माण पूर्व प्राविधिक जाँचपास नगर्दा समस्या देखिएको हो ।

जहाज अवतरण तथा उडानमा समस्या पर्ने स्थानीय बताउँछन् । उत्तर–पूर्वी भागमा पर्ने यस क्षत्रबाट जहाज उडाउन र अवतरणकालागी महत्वपूर्ण मानिन्छ ।

ठूला जहाज अवतरण गराउन आवश्यक पर्ने एयरदुरीलाई यसले समस्या पार्ने विराटनगर नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाले बताए ।

ठूला जहाज अवतरणलाई चाहिने एयरदुरी भित्र पर्ने यो भ्यूटावर निर्माणको विषयमा प्राधिकरणले गरेको पत्राचारलाई महानगरले बेवास्ता गरेको प्रमुख सिटौला दाबी गरे ।

ठूला जहाजले ४–५ नटिकल (१ नटिकल माइलमा १८५० मिटर हुन्छ) माइलमा धावनमार्गतर्फ अवतरणको दिशा लिने गर्दछ । जहाँ भ्यू टावर बन्ने स्थान देखि विमानस्थलको दुरी एककिलोमिटर भित्र पर्ने प्रमुख सिटौलाले बताए ।

नागरिक उड्डयन कार्यालयले एयर टूाफिकिङ्गको समस्या बारे जानकारी गराउँदा समेत महानगरले भने १ सय १० मिटर उचाईको संरचना बनाउन शिलन्यास गरेको हो ।

विमानस्थलको पेरीफेरीमा ४५ मिटर अग्लो संरचना बनाउन नपाउने कानुनी प्रावधान छ । विमानस्थलको एरदुरि क्षेत्र भित्र निर्माण हुन लागेको भ्यू टावरको काम रोक्न माग सहित कार्यालयले महानगरपालिकालाई पत्राचार समेत गरिसकेको छ ।

त्यसको जवाफ नपाएको कार्यालयले जनाएको छ ।

अन्तरदेशीय उडान भर्ने गरि विमानस्थल विस्तारको गुरु योजना तयार पारिरहेको समयमा महानगरपालिकाले भने त्यहि आसपासमा टावरको शिलन्यास गरेपछि नागरिक उड्यनन प्राधिकरणलाई समस्या खडा भएको हो ।

महानगरले भ्यू टावर निर्माणले असर पर्ने या नपर्ने भनेर विमानस्थल प्रशासनलाई सोधेको थियो ।

एयर टूाफिकमा असर पुग्ने जानकारी गराए पनि महानगरले आसपासको क्षेत्रमा भ्यू टावर निर्माणको लागि शिलन्यास गरेको विमानस्थल प्रसासनले जनाएको छ ।

संभाव्यता अध्ययनसहित गुरुयोजना बन्ने प्रक्रियामा रहेको विमानस्थलका लागि टावर निर्माणको तरखरले उल्झन निम्त्यादिएको छ । कानुन र मापदण्ड विपरित बन्ने संरचना कुन तरिकाले शिलन्यास भयो भन्ने तर्क प्रमुख सिटौलाको थियो ।

यता महानगरका प्रमुख पराजुलीले विमानस्थललाई असर पर्ने सन्दर्भमा सबै पक्षको अध्ययन गरेर मात्र काम अगाडी बढाएकोले कुनै समस्या नहुने दाबी गरे ।

विज्ञ र प्राविधिक सँगको परामर्श पछिनै काम थालीएकोले टावर निर्माण स्थल विमानस्थल क्षेत्र भित्र नपर्ने बताए ।