पाँचथर/पाँचथरको कुम्मायक गाउँपालिकाका दुई हजार घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । २०४३ सालमा कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बिद्युतिकरण भएको थियो । सो समयमा गाउँपालिकाका सिमित स्थानीयले मात्रै बिद्युत उपभोग गर्दै आएका थिए ।

अन्य स्थानमा बिद्युत बिस्तार नहुदा स्थानीय बत्तीमूनिको अन्धकारमा रात बिताउँदै छन् । लामो समयपछि उज्यालोको महसुस गर्न लागेका स्थानीय ठेकेदारको मनपरीले पुन : निराश छन । सरकारले २०७३ सालमा बिद्युतिकरण नभएको स्थानमा बिद्युत बिस्तारको काम गर्दै आएको छ ।

नेपाल बिद्युत प्राधिकरणले कुम्मायकका ४ वटा वडामा ठेक्का मार्फत योजनाको काम अघि बढाउँदै आएको छ । तोकिएकै समयमा बिद्युत बिस्थारको काम पूरा नगरेका ठेकेदार कम्पनीले योजनाको काम लम्याउँदै लगेका छन् । गाउँपालिकामा ९० प्रतिशतको नेपाल सरकारको अनुदान र १० प्रतिशत उपभोक्ताले रकम जुटाएका थिए ।

तर ठेकेदारले हचुवाका भरमा योजनाको काम गर्दै आएको छ । यस्तै मध्येको एक हो कुम्मायक-५ को बिद्युतिकरण ।

२०७३ सालमा बिद्युतिकरणको काम दुई चरणमा हुदै आएका छ । पहिलो ठेक्का लिएको जयदुर्गे त्रिपुरेश्वर निर्माण कम्पनीले ३ करोड २८ लाख ८४ हजारमा ठेक्का लिएको थियो । तर उस्ले सम्झौता मितिमै काम पुरा गरेको छ । योजनाको दोस्रो ठेक्का लिएको धुलिखेल निर्माण कम्पनीले भने योजनाको काम लम्याउँदै लगेको छ ।

१ करोड ५६ लाखमा ठेक्का लिएको निर्माण कम्पनीले सम्झौताको १८ महिनामा पनि काम पुरा गर्न सकेको छैन । निर्माण कम्पनीको म्याद सकिन लाग्दा समेत आयोजनाको काम लथालिङग अबस्थमै छोडेको छ । अधिकाम्स स्थानमा पोलिङ नगरेको निर्माण कम्पनीले केही स्थानमा पोलिङ गर्दै आएको छ ।

बिद्युतिकरण गर्दा ४० देखि ६० मिटरको दुरीमा पोलिङ गर्नुपर्ने हुन्छ तर निर्माण कम्पनीले ८५ देखि १ सय ५० मिटरसम्म पोलिङ गरेपछि स्थानीय आक्रोशित भएका हुन ।

कुम्मायक-५ का स्थानीय उपभोत्ता रामबहादुर बुढाथोकी भन्छन् । ‘पहिलो ठेक्कामा पोल ४० देखि ५० मिटरमा गाडिएको छ, तर दोस्रो ठेक्कामा ६० देखि १ सय ५० मिटरमा पोलिङ गरिएको छ । यो सरासर गतल छ जबसम्म यसलाई सुधार गरिदैन तबसम्म हामी तार टाङन् दिदैनौं ।

ठेकेदारले यस्तो हर्कत गर्दा समेत ‘बिद्युत सहकारी संस्थाले यस बिषयमा चासो दिनु पर्ने हो तर उल्टै निर्माण कम्पनीको सहयोगिको रुपमा गतिविधि गर्दै आएको छ । बुढाथोकीले भने । बुढाथोकी एक प्रतिनिधि पात्र मात्र हुन उनको जस्तै पीडा छ ।

आर्का उपभोक्ता इन्द्र रिजालको पनि तीन बर्ष अगाडी ५ हजार ७ सयरुपैयाँ बुझाएको उनि चाडै बिद्युत बल्ने आसमा थिए । तर वर्षौ बित्दा समेत योजनाको कामले पूर्णता नपाउँदा चिन्तित छन । रिजाल भन्छन् ‘बिद्युतका पोलहरु जताततै छन् ।

कहिँ पोलसमेत गाडिएको छैन, यो त सरासर उपभोक्तालाई अन्धकारमा राख्ने काम भयो ।

निर्माण कम्पनीको रबैया बिरुद्ध स्थानीय सरकारले कदम उठाउँनु पर्छ होइन भने यस बिषयमा आम नागरिको तर्फबाट संघर्ष हुन्छ उनले भने । कुम्मायक- ५ का साविक ३ र ७ नम्बर वडामा यस्तो समस्या देखा परेको छ । निर्माण कम्पनीले प्राविधिक सिस्टम बिपरीत बिद्युत बिस्तारको काम गर्दै आएको स्थानीयको आरोप छ ।

गाउँपालिकाको ४ वटा वडामा अहिले १५ करोडको लगानीमा बिधुतिकरणको काम हुदै आएको छ ।

दुई हजार घरधुरीलाई लक्षित गरी सुरुगरीएको योजनाको काम सुस्त गतिमा छ । बिद्युत सहकारी मार्फत कुम्मायकवासीले १५ करोडको १० प्रतिशत रकम यस अगाडी नै बुझाइसकेका छन । कुम्मायक-१ यासोकमा २०७३ साल बैसाखबाट ३ करोड ४८ लाखको लगानीमा वाईवा कन्टूसनले बिधुतिकरणको काम गर्दै आएको छ ।

स्थानीयले कुल रकमको १० प्रतिशत रकम बुझाई सकेका छन् । निर्माण कम्पनीले ५ सय धरधुरीलाई लक्षित गर्दै १८ महिनासम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । सम्झौता गरेको समय पुरा हुदा ४५ प्रतिशत मात्रै काम गरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् ।

प्राबिधिक स्टमेट अनुसार निर्माण कम्पनीले १ हजार ४४ वटा पोल र ३ वटा टूान्सफर्मर जडान गर्नुपर्ने हुन्छ । तर आयोजनाको काम हचुवाको भरमा संचालन हुदा स्थानीय चिन्तित छन । सोही निर्माण कम्पनीले नै गाउँपालिकाको ३ र ४ नम्बर वडामा पनि बिद्युत बिस्तरको काम सुस्त बनाएको छ ।

दुबै वडाका ९ सय घरधुरीलाई लक्षित गरि ५ करोड ६० लाखको लगानीमा बिद्युत बिस्तारको काम गर्दै आएको कम्पनीले पटक-पटक म्याद थपगरिसकेको छ ।

१५ महिनाको समयअवधिमा आयोजनाको काम पूरा गर्नुपर्ने वाइवा कम्पनीले थप गरेको ६ महिनामा पनि ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको रानिगाउँ बिद्युत सहकारी संस्थाका अध्यक्ष तथा वडा न. ४ का वडा अध्यक्ष पुर्णकुमार खड्काले बताए ।

‘निर्माण कम्पनीले सुस्त गतिमा योजनाको काम अघिबढाउँदा जनगुनासो बढेको छ । खड्काले भने, ठेकेदारलाई चाडो योजनाकोे सम्पन्न गर्न दबाव दिंदा समेत चासो दिएको छैन । सो वडामा पनि ठेकेदारले बिद्युतको पोलिङ १ सय मिटरको दुरिमा राखेको फेला परेको छ ।

यता बिद्युत प्राधिकरण साखा कार्यालय पाँचथरले प्राविधिक स्टमेट अनुसार नै बिद्युत बिस्तारको काम हुनुपर्ने बताएको छ ।

कार्यालयका प्राविधिक सीवनाथ साहले भौगोलिक अवस्थालाई हेरेर कतिपय स्थानमा केही फरक पोलिङ हुनसक्छ तर अन्य स्थानमा ४० देखि बढिमा ६० मिटरसम्मको अन्तरमा पोलिङ गर्नुपर्छ । यदि त्यो हुन सकेन भने प्राविधिक स्टमेट बिपरित हुन्छ ।