उदयपुर/नेपाल मानव अधिकार वर्ष पुस्तकको तथ्याङक अनुसार १० महिनामा ७० घटना घटेको पाइएको छ ।

उदयपुरको सदरमुकाम गाईघाटमा भएको पूर्व समिक्षा कार्यक्रममा १० महिनामा ७० वटा बलत्कार, हत्या, बहुविवाहको घटना घटेको तथ्याङ प्रस्तुत गरेको हो ।

मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र ९ईन्सेक० नेपालमा १९९२ मा स्थापना भई २०१८ मा २८ औँ पुस्तक प्रकाशन गर्नु अगावै पूर्व समिक्षा कार्यक्रम गरेको जिल्ला प्रतिनिधि भरत खड्काले बताए ।

१० महिनाको अविधिमा घटेको बलत्कार, हत्या र बहुविवाहलाई समेटर त्यसको छलफलको लागि पूर्व समिक्षा गरेका खड्काले बताए । यस अवधिमा घटेको ७० वटा घटनामा ७३ जना पिडित भएको तथ्याङले देखाएको छ ।

तथ्याङको आधारमा बालिका बलात्कार १२, बलात्कारको प्रयास ८, अपहरण गरी बालिका बलत्कार १, महिला बलात्कार १३, बलात्कारको प्रयास ६, घरेलु हिंसा १५, बहुविवाह ५, वम विस्फोटनबाट बालक घाईते १, कर्मचारी माथि दुव्र्यवाहार २, जनप्रतिनिधि माथि दुव्यवहार १, हत्या २, बालविवाह २, खुकुरी प्रहार १, अभक्ष खुवाएको १, र बैवाहिक बलात्कार १ गरि ७० घटना घटेको तथ्याङले देखाएको छ ।

तथ्याङक हेर्ने हो भेन सबै भन्दा बढी बलत्कारको घटना देखिन्छ । बलत्कारको घटनामा पनि बालिका बलत्कार भएको तथ्याङकले देखाएको छ ।

यसको राज्यले मात्र नभई सबै पक्षले आ९आफ्नो ठाउँबाट लाग्नु पर्ने देखिन्छ ।

अधिकांश बालक बालिका विचमा नै बलत्कारको घटना घट्ने र टिनएज अवस्थाको किश्वरा किश्वरीमै घटना घट्नाले राष्टूलाईनै ठुलो चुनौती खड्किएको खड्काले बताए ।

यसता खालको घटनालाई नियन्त्रण गर्न सवै पक्षले एकरुपताका साथ अघि बढ्नु पर्ने र आमा बुवाले पनि आफ्नो छोरा छोरीको निगरानी बढाउनु पर्ने जिल्ला प्रशासन प्रमुख विष्णु कुमार कार्कीले बताए ।