ताप्लेजुङ/प्रहरीले अदालतबाट कैद तथा जरिवाना द्धारा कैद तथा जरिमाना सजायतोकिएका एक व्याक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत ताप्लेजुङबाट सजाय घोषित फरार अभियुक्तहरुको खोजतलास गर्ने क्रममाप्रहरीले जिल्लाको सिरीजंघा गाउँपालिका वडा नं १ का २४ वर्षिय आश्विनभनिने आदित्य थेवेलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनलाई सवारी ज्यान मुद्धामा अदालतले १ वर्ष ११ महिना २ दिन कैद र १२ हजार रुपयाँ जरिमाना ठहर गरेको थियो । उनलाई प्रहरीले विहिबार नै पक्राउ गरेको जिल्लाप्रहरी कार्यलय ताप्लेजुङको सञ्चार शाखाले जानकारी दिएको छ ।

पक्राउ परेका थेवेलाई विहिवार नै अदालतमा पेश गरि २०७८ साल माघ २६ गते सम्म कैद भुक्तानको लागिकारागार चलानगरिएको प्रहरीको भनाई छ ।