जिरोपोइन्ट/आगो नियन्त्रण गर्ने सामग्री बिक्री गर्ने पसल धरान खुलेको छ ।

धरान–९ गौतम पथमा श्री इन्टरप्राइजेज नामक अग्नी नियन्त्रक सामग्रीको पसल खुलेको हो । पसलमा सेभियर र श्री ब्राण्डका अग्नी नियन्त्रक ग्यास, ड्राई पाउडर र आगोबाट शतप्रतिशत सुरक्षा दिने ब्ल्याङ्ककेट प्राप्त छन् ।

आगलागीको सूचना दिने अग्नी सूचक (फायर अर्लाम) पनि उपलब्ध रहेको छ ।

नेपाली समाजमा अहिले पनि आगोलाई नियन्त्रण गर्न पानी प्रयोग गर्दै आइरहेका छन् । यही भ्रमलाई चीर्नका लागि अग्नी नियन्त्रक सामग्री बिक्री शुरू गरेको सञ्चालक पुकल राईले बताए । अग्नी नियन्त्रक पसल धरानमा यो नै पहिलो हो ।

सामान्य प्रकारका आगलागी हुँदा यसले पूर्णत काम गर्ने गर्दछ । आगो नियन्त्रणको लागि १ किलो ड्राइ पाउडरको मूल्य ३ हजार रूपैयाँ र ४ किलोको ५ हजार ५ सय रूपैयाँ मूल्य रहेको छ ।