तेह्रथुम/मेन्छ्यायेम गाउँपालिका–५ मोराहाङ्गकी एक महिलाको मङ्गलबार राति सुतेकै अवस्थामा मृत्यु भएको छ ।  ५० वर्षीय फुकुर्टी शेर्पाको सुतेकै अवस्थामा मृत्यु भएको श्रीमान छिरिङ्गले जानकारी दिए । मृतक फुकुर्टीको जिल्ला अस्पतालमा पोष्टमार्टम गरि आफन्तलाई शव बुझाएको छ । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।