बेलबारी/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको पार्टी एकीकरणको मुद्दा पेचिलो बन्दै जाँदा जिल्ला सदस्यहरूको नामावली बाहिरिएको छ ।

त्यसमा बहुसंख्यक पार्टीका कार्यकर्ता तथा नेता छुटेका छन् ।

मोरङमा १ सय ८५ सदस्यीय जिल्ला समिति रहने गरी एकीकरणलाई अघि बढाइएको छ । एक सय ८५ मध्ये १ सय १० जना एमालेबाट छन् भने माओवादी केन्द्रबाट ७५ जना मात्रै परेका छन् । सहमतिअन’सार जिल्ला अध्यक्ष एमालेको भागमा परेको छ भने सचिव माओवादी केन्द्रको भागमा परेको छ ।

त्यहीअनुरूपको सहमति बनेको बताइन्छ । जिल्लाको नेतृत्व ऋषिकेश पोख्रेललाई चयन गरिएको छ । सचिव गणेश उप्रेतीलाई चयन गरिएको छ । समायोजन प्रक्रियामा माओवादी केन्द्रबाट भने पूर्व वैद्य पक्षहरू न्यून परेको गुनासो यसअघि पनि सार्वजनिक भइसकेको छ ।