पाँचथर/ तेह्रथुमको आठराइ गाउँपालिकास्थित छातेढुंगामा मंगलबार बहूभाषिक कवि गोष्ठि सम्पन्न भएको छ ।

हरेक वर्ष लाग्दै आएको दिपावली मेलाको अवशरमा कविता गोष्ठिको आयोजना गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा दिपावली मेला ब्यवस्थापन समितिले आयोजना गरेको गोष्ठिमा तेह्रथुमसँगै ताप्लेजुङ र पाँचथरका कवि-लेखकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तेह्रथुम निर्बाचन क्षेत्र नम्बर दुई (ख) बाट निर्बाचित प्रदेशसभा सदस्य तेजमान कन्दङवाले गोष्ठिले सबै भाषाभाषिको साहित्य संरक्षणको सन्देश दिएको बताए । प्रदेश सांसद कन्दङवाले भाषा-साहित्यको प्रबद्र्धनका लागि सम्बन्धित निकायमा पहल गर्ने समेत प्रतिबद्धता जनाए ।

गोष्ठिमा रविमान लमजेल, राजेन्द्रकुमार जबेगु, प्रेम ओझा, सगुन सुसारा, मधु केरुङ, तीर्थ बानियाँ, शान्ता गौतम, राज दिलाञ्जली, जंग तामाङ, मञ्जुल सुनुवार, अनिरुद्र तिम्सिना, दीपक कट्टेल लगायत दुई दर्जन कविहरुले विभिन्न भाषामा कविता वाचन गरेका थिए ।

कार्यक्रम दिपावली मेला ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।