वि।सं। २०७५ साल कात्तिक २९ गते। बिहीबार। इश्वी सन् २०१८ नोभेम्बर १५ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– अष्टमी, ३१स्१४ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ रोकिएका काम दोहोर्याउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्नेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मिहिनेतका साथै काम बनाउन केही समय लाग्नेछ। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे कमजोरीले चिन्ता बढाउन सक्छ। अवसरवादीहरूले ढोका दिन सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो अवसर प्राप्त भए पनि परिस्थिति आफ्नो अनुकूल नदेखिएकाले सजग रहनुपर्ला। स्वास्थ्यमा कमजोरी र काम रोकिने समस्याले मन खिन्न हुन सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिन्छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे सिर्जनात्मक कौशल तथा लेखन शैलीमा निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि आफ्नो प्रतिफल हातपार्न केही समय लाग्नेछ। आम्दानीका नयाँ स्रोत भने फेला पर्नेछन्।