ब्लाष्टखबर ।  इनरूवा  २ तले घरमा आगलागी हुदाँ ५० लाख भन्दा बढीकाे क्षति भएकाे छ । इनरूवास्थित सखुवागाछिमा रहेकाे सुरेन्द्र दुलालको आधा पक्की र काठको २ तले घरमा  मंगलबार राती करिब सवा ८ बजे आगलागी भएको हाे । आगलागीबाट ५० लाख बढीको क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीको कारण स्पष्ट हुन नसकेपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीय बताउँछन् ।