भद्रपुर/छठ पर्व मनाउन मेची नदी तर्फ आउदै गर्दा ट्याक्टरले किचेर एक बालिकाको ज्यान गएको छ ।

भद्रपुर–५ गौशाला नजिकैका ६ वर्षिया राशी यादवको ज्यान गएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।  मे १ त ५२३२ नम्बरको ट्याक्टरमा परिवारसहित नदीतर्फ आउदै गरेको अवस्थामा अपरान्ह् ४ बजे मेचीपुल छेउमा ट्याक्टरबाट खसेका थिए ।

बालिकालाइ सोही ट्याक्टरको चक्काले किचेर घाइते वनाएको थियो ।

घट्नापछि तत्काल उपचारको लागि ओमसाइ पाथिभरा हस्पिटल भद्रपुरमा केहीवेरपछि मृत्यु भएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए । ट्याक्टरलाइ वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ ।