उदयपुर/उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको हत्याको आशंकामा प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ ।

बालिकाको हत्यामा संलग्न रहेको आशंकामा स्थानिय युवाहरुलाई सोध पुच्छको लागि सोमबार प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसनधानमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन रानाभट्टको नेतृत्वमा गएको प्रहरी टोलीले घटनामा संलग्न भएको आशंकामा सोधपुच्छको लागि पाँच युवा नियन्त्रणमा लिएको जिप्रका उदयपुरको प्रमुख प्रहरी उरिक्षक (एसपी) चन्द्रदेव राईले बताए ।

घटनाको प्रारम्भिक अनुसनधान पछि तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले शव देखि केहि मिटर पर खोल्सामा घटना घटेको हुन सक्ने अनुमान गरेको छ भने बालिकाको चप्पल फेला परेको प्रहरीले जनाएको छ । ईकाई प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली सोमबार घटना स्थल पुगेको थियो ।

पोष्टमार्टमको लागि शव जिल्ला ल्याई विपि कोईराला विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको छ भने पोष्टमार्टमको रिपोर्टपछि मात्र बलत्कार पछि हत्या गरिएको हो वा होईन एकिन हुने प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिडेकी दुर्गाबहादुर खड्काको छोरी आइतबार अमलाको सडक नजिकै खरबारीमा मृत अवस्थामा फेला परेको स्थानियहरुले बताएका छन् । बेलुका अबेर सम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बजे बालिकाको शव खरबारीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मृत अवस्थामा भेटिएको बालिकाको मुखमा नेप्किन (हात पुछ्ने कागज) खादिएको, मलद्धार च्यातियएको, यानी सामानय अवस्थामा नरहेको र निलडाम देखिएकोले बलत्कार पछि हत्या भएको स्थानियहरुले दावी गरेका छन् ।