गत असोज महिना अघि सुन पसल सञ्चालन मनकुमार लिम्बु र शिला लिम्बुले सर्वसाधरणबाट करीब ८ करोड रकम उठाएर फरार भए । इटहरीको धरान रोड स्थित भिमदिङ याङ्गसाम ज्वेलर्सको नाममा करोडौ रकम लिएर फरार भएपछि पिडितहरू मार्का परेका छन । तर फरार अपराधी कहाँ छन भन्ने बारे प्रहरीले सुईको सम्म पाउँन सकेको छैन ।

गत असोजमा इटहरीकै विराटनगर लाईनमा रहेको चाँदनी ज्वेलर्सका संचालक भनिएका सुमन श्रेष्ठले सर्वसाधारणबाट गैरकानुनी रुपमा संकलन गरेको रकम फिर्ता नगरी फरार भएका छन् ।

सुन तस्करीमा जोडिएका वेणु श्रेष्ठको परिवारले चलाउँदै आएको सुन पसलले सर्वसाधारणबाट बैंक तथा वित्तिय संस्थाले नै जसरी पासबुक प्रयोग गरी बचत गरेको करोडौ रुपैंया फिर्ता नगरी संचालकहरु फरार भए उनीहरुले खोजी सम्म भएको छैन ।

एक महिना अघि दशैको मुखमा विना धितो पाँच लाख सम्म ऋण दिने भन्दै सर्वसाधरणबाट उठाएको करीब ५० लाख लिएर इन्भेष्टमेन्ट सञ्चालक दम्पती अजय यादव र स्नेहा यादव फरार भए पछि स्थानीयको विजोक भएको छ । सर्वसाधरणहरुको कन्तविजोक भए पनि प्रहरीले फरार अपराधीलाई पक्राउ गर्ने सकेको छैन ।

अवैध बित्तिय कारोबारबाट प्रदेश एकका मुख्य सहरहरू नै प्रभावित भइरहेको बेला सुनसरीको इटहरीमा अर्को अवैध कारोबारबाट सर्वसाधारण ठगिएको पाइएको छ । विभिन्न व्यक्तिबाट लाखौं उठाएर इटहरीबाट एक दम्पत्ती बेपत्ता भएका छन् ।

पछिल्लो केहि महिना यता सयौ सर्बसाधरण ठगिदा समेत प्रहरी प्रशासन भने बेखवर झै बन्दै आएको छ ।

इटहरीको धरान रोडमा बस्दै आएका मीना कार्की बेपत्ता भएका हुन् । उनीहरु असोज २५ गते आफू बसेको डेरामा ताला लगाई फरार भएको हुन् । सर्वसाधरणलाई झुटो आश्वसन दिएर एक करोड बढि पैसा उठाई फरार भएको पिडितहरुले बताएका छन् । लाखै रुपैया लिएर कार्की परिवार फरार भए पछि सर्वसाधरणहरुमा रुवाबासी मच्चिएको छ ।

सर्वसाधरणबाट २५ हजार रुपैयादेखि १० लाख रुपैयासम्म गरेर एक करोड बढी रकम ठगेको पीडितहरुले बताएका छन् । बढी ब्याज पाउने भन्दै पैसा दिने र सापटी दिनेहरु ठगिएका हुन् । ३० देखि ३६ प्रतिशत ब्याज पाउने आशामा पैसा दिएको र केही समय समयमै ब्याज दिएपनि कार्की परिवार एक्काएक बेपत्ता भए एक पिडितले भने ।

कार्की दम्पत्ती इटहरीको हङकङ मार्केटमा कपडा पसल सञ्चालन गर्थे । उनीहरुले सामान्य पान पसलेदेखि आफन्तहरुलाई समेत ठगेका छन् । २०७३ चैतमा आफूसँग कार्कीले चार लाख रुपैया ऋण लिएको कविन्द्र केसीले बताए । उनले भने अहिले सम्म ब्याज पनि गयो बर्बात भईयो केसीले भने ।

इटहरीकी पार्वती कार्कीले आफ्नै दाजुभाई पर्ने भने पछि विश्वास गरेर पैसा दिएको बताइन् ।

गत असार १२ गते छोरीको विवाहको लागि पैसा मागेपछि एक लाख रुपैया दिएको बताइन् । श्रीमानले पठाइदिएको पैसा दिए अहिले फरार भएछन उनले भनिन् आफ्नो परिवारसँग १० लाख रुपैया लगेर अहिले बेपत्ता भएको इटहरीको तुलसा टोल निवासी सीता पोख्रेलले बताइन् । उनले दुबईमा आफूले दुःख गरेर कमाएको पैसासमेत ठगेको गुनासो गरिन् ।

राम्रो ब्याजको लोभमा सर्वसाधरणहरुले सुन पसलहरुमा राखेको रकम ढुब्ने खतरा बढेको छ । एक पछि अर्को सुन पसलहरु धमाधम भाग्न थाले पछि बचतकर्ताहरुले राखेको रकम ढुब्न थालेको हो । सुनचाँदी व्यवसायका नाममा अवैध वित्तिय कारोवार गर्दै आएकाहरुले सर्वसाधारणको करोडौ रुपैंया ठगि गरी फरार भईरहे पनि प्रहरी प्रशासन भने थाहा नपाए झै मौन बस्दै आएको छ ।

प्रहरी प्रशासनले भने कानुन बाधक भएको भन्दै मौन छ ।

इटहरीका डिएसपी शिव कुमार श्रेष्ठले अवैध वित्तिय कारोवार गर्नेको विषयमाा प्रमाण सहित सर्वसाधारण प्रहरीकोमा नआउँदा पक्राउ गर्ने गाहे भएको बताए । प्रमाण अपुग हुदा कानुनी कार्वार्ही गर्ने गाहे भएको उनको भनाई थियो ।

पैसा ढुब्नेहरु सँग सामान्य प्रमाण समेत नहुदा उजुरी नपर्दा अपराधीहरु पक्राउ पर्ने नसकेको बताए ।

थोरै भए पनि प्रमाण भेटिए कार्वार्हीको प्रक्रियामा जान्थो पक्राउ गर्ने र कार्वार्ही गर्ने आधार सम्म पाईएन उनले भने । इटहरीका आर्थिक अपराध समस्याको रुपमा छ उनले भने ।