इटहरी/तिहारभर पूर्वी नेपालमा ६ जनाको मृत्यु भएको छ । तिहारभर २२ वटा सवारी दुर्घटनामा ४६ जना घाईते भएको एक नम्बर प्रदेश टूाफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

चाडवाडको बेला सडक दुर्घट्नाा बढ्दै गएको टूाफिक प्रहरी स्वीकार गर्छ ।

दुर्घट्नामा परी मृत्यु हुनेहरुमा खोटाङ मजुवागडी १ ३९ वर्षिय दिपक रसाईली,उदयपुरका ४० बर्षिय विनोद दनुवार,झापाका विजय चौधरी,इटहरीका ५५ वर्षिय दिपक खतिवडा,सुन्दर हरैचाका रोसन गजुरेल र झापाका विन्दाई तामाङको मृत्यु भएको टूाफिक प्रहरीका डिएसपी कृष्ण प्रसाईले बताए ।

तिहारभर सुनसरी मोरङ र झापामा धेरै सवारी दुर्घट्ना भएको ट्राफिक प्रहरीको तथ्याकमा उल्लेख गरीएको छ ।