इलाम/ पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकरणको काम मसिंर महिना पार नभई सकिने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी इलामले आयोजना गरेको चियापान कार्यक्रममा इलाम आएका नेता खनालले लोकतान्त्रिक युग पार गरि समाजवाद निर्माण गर्ने लक्ष्यका साथ अगाडी बढेको र एकिकृत अभियानले पार्टी थप सशक्त बन्ने बताए ।

केन्द्रमा कार्यदल निर्माण भएको र बीचमा प्रदेश पदाधिकारी तोक्ने काम गरेकाले मसिंर महिनामा पार्टी एकीकरणको काम पूरा गर्न समस्या नरहेको उनको भनाई छ ।

उनले पूर्ण बहुमतका भएका कारण सरकारको कार्य गर्न समस्या नभएको बताए । दुई शक्ति एकातिर आउनु समेत चुनौती भएका कारण जनताको अपेक्षा अनुसारको काम नभएका कारण प्रतिपक्षले असन्तुस्टी राख्नु समेत सकारात्मक पक्ष रहेको उनको भनाई छ ।

सर्वसम्मतको सरकार कहिँ कतै नबन्ने हुनाले समेत प्रतिपक्ष बन्ने पर्ने बताए । उनले पार्टीको स्थायी कमिटीको बैठक समेत चाडोँ भन्दा चाडोँ गर्नुपर्ने र महत्वपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिए । सघिंयताको पहिलो पटक अनुभव गरेकाले समेत सरकारका विविध कार्यमा ढिलाई भएकाले तालमेल मिलाएर अगाडी बढ्नेमा जोड दिए ।

अहिलेको युग नवनिर्माणको युग भएकाले निर्माणयुगमा अगुवाई गरि सुःखी नेपाली र सम्वृद्ध नेपाल बनाउन सरकार लागि परेको बताए । उनले समृद्ध इलाम बनाउन पूर्वाधार विकास,खानेपानी,कृषिका विविध पक्ष,पर्यटन लगायतका क्षेत्रमा सम्भावना बोकेको इलामको सामाजिक तथा आर्थिक विकासमा जोड दिएको बताए ।

राष्ट्रिय पर्वहरुको सन्दर्भमा देशव्यापी अभियान रहेको पार्टीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन पुर्वप्रधानमन्त्री झलनाथ खनाल पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ,प्रदेशका सांसद ,इलामका दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमु लगायतको उपस्थिति रहेको इलाममा पत्रकारसगँ भेटघाट कार्यक्रममा खनालले इलाममा भएका विभिन्न सरकारी कार्यालयहरु अन्यत्र सरेर गइरहेको अवस्थामा जानकार भई तुरुन्त रोकिएको तलमाथी भएमा सचेत रहने र इलामको हितलाई प्रवर्धन गर्न जुनसुकै अवस्थामा लागि पर्ने बताए ।