विजयपुर/ भएको एउटा घरसहित सम्पूर्ण सामाग्री जलेपछि धरान–५ कुलुङ चोकका राई काले भनिने वीरबहादुर राईको परिवार बिचल्ली बनेको छ । आइतबार राति करिब ९ बजे कोही नभएको बेला घर जलेको हो ।

[caption id="attachment_66300" align="aligncenter" width="1100"] फायल फाेटाे[/caption]

आगलागीबाट शरीरमा लगाएको लुगाबाहेक सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । पीडितका पत्नि शान्ति राईले आफूसँग किस्ता तिर्नका लागि राखिएको १२ हजार रुपैयाँ नगदसहित फ्रिज, दराजलगायतका सम्पूर्ण सामग्री जलेको बताइन् ।

उनले श्रीमानसँग के कति रकम रहेको भन्नेबारे आफूलाई जानकारी नभएको बताइन् ।

यता इलाका प्रहरी कार्यालय धरानमा ३ लाख १० हजार रुपैयाँ नगदसहित सम्पूर्ण सामान जलेको भनेर मौखिक जानकारी दिएको डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार मौखिक रूपमा जलेका सामानहरूबारे जानकारी गराएका छन् ।

आगलागीको यथेष्ट कारण खुल्न नसके पनि छिमेकीका अनुसार विजुली गएर आउने बित्तिकै आगलागी शुरू भएको थियो । आगलागी मुख्य कोठाबाट शुरू भएको थियो ।

स्थानीयबासी, प्रहरी र धरान उपमहानगरको बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

करिव ११ बजेतिर आगो नियन्त्रणमा आएको छिमेकी रीता दर्नालले जानकारी दिइन् । आगलागीबाट पूर्ण क्षति भएपछि अहिले उनीहरू बिचल्ली परेको स्थानीयले जनाएका छन् ।