धनकुटा । धनकुटा नगरपालिका वडा नं.७चुलिवनमाविगत ५ वर्षयता संचालनमा रहेको निजामतीआवशियविद्यालयले दशैं पर्वको अवसर पारेर विद्यार्थिहरु माझचिट्टाप्रतियोगितातथा वडाभोजको मंगलवार आयोजना गरेको छ । आयोजित चिट्ठा प्रतियोगितामाकक्षा–६ माअध्ययनरत मिङ्गमा दोर्जे लामाले १ सय७० लिटरको भेडाकोन रेफ्रिजेरेटर, द्धितिय पुरस्कार कक्षा–१० अध्ययनरत छात्रा प्रतिक्षाचालिसेले २४ इन्चको एलईडी टेलिभिजन, तृतिय पुरस्कार कक्षा–१० कै छात्रा युनिषा रोईलाले १ थान इन्डक्सन ग्याँस चुलाजितेका छन् । त्यसैगरी अन्य १३ जनाले सो चिट्ठा प्रतियोगितामा १३ वटा भित्ते घडी समेत जितेका छन् । विजेता छात्र–छात्राहरुलाई विद्यालयकाप्रधानाध्यापक सुरेश काफ्लेले चिट्ठामा परेको पुरस्कार प्रदान गरेका थिए । विद्यालयकाप्रधानाध्यापक सुरेश काफ्लेका अनुसार विद्यालयका छात्र–छात्राहरु, शिक्षक, शिक्षिकाहरु, कर्मचारी सवै मिलेर चिट्ठा प्रतियोगिताआयोजनागरिएको वताएका छन् । करिव १ सय ७० जनाविद्यार्थि र शिक्षकहरुको विचमाप्रतिव्याक्ति २ सय ५० का दरले ५० हजार रुपयाँ संकलनगरेर चिट्ठा प्रतियोगिताआयोजनागरिएको प्रधानाध्यापककाफ्लेले वताएका छन् । उनले हरेक वर्ष दशैंको विदाहुनु भन्दापहिले विद्यलायले यस्तो खाले प्रतियोगिता र सरोकारवालानिकायकाप्रमुखएवं प्रतिनिधिहरु र अभिभावकहरुलाई वोलाएर विद्यार्थिहरुको माँझ बडाभोज समेत आयोजनागर्ने गरिएको वताए । अघिल्लो वर्षझै यो वर्ष पनिजनप्रतिनिधिहरु,सरकारी कार्यालकाप्रमुखएवंं प्रतिनिधिहरु, सामाजिक संघसंस्थाकाअगुवाहरु, अभिभावकहरु, स्थानिय संचारकर्मीहरु, सुरक्षानिकायकाप्रमुखहरुको उपस्थितिमा वडाभोजको आयोजनागरिएको थियो । कक्षा–५ देखीकक्षा–१० सम्मअध्ययनअध्यपनहुने सो विद्यालयमाहाल १ सय ५० को हाराहारीमा छात्रछात्राहरु अध्ययनगरिहेका छन् । सो विद्यालय राष्ट्रसेवकनिजामतीकर्मचारीहरुका छोराछोरीलाई सर्वसुलव र गणात्मक शिक्षाप्रदानगर्ने गराउने उदेश्यले वि.सं.२०७० सालमा स्थापनागरिएको हो ।