रंङ्गेली /उपप्रधान तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादवले सात प्रदेश अन्तिम उपलब्धि नभएर सुरुको प्रस्थान विन्दु भएको बताएका छन् ।

विराटनगरमा सोमबार संघिय समाजवादी फोरमले आयोजना गरेको प्रदेश स्थारिय भेलालाई सम्बोधन गर्दै मन्त्री यादवले आफुहरुको लक्ष्य दश जोड एक प्रदेश पुग्ने लक्ष्य रहेको बताए । उनले सात प्रदेशमा टेकेर अगाडी बढ्ने जिकिर गरे ।

संघिय समाजवादी फोरमका अध्यक्ष समेत रहेको यादवले संसारमा बनेका संघिय स्थिर नहने भन्दै प्रदेशमा फेरवदल भइरहेको बताए । उनले भारतको प्रदेशीक संरचना १३ बाट ३२ पुगेको दृष्टान्त राखेका थिए । उनले पहिचानमा आधारीत प्रदेश खडा गर्न बाँकी नै रहेकोले सबैलाई एक जुट भएर लाग्नु पर्ने औल्याए ।

उनले अहिले सरकारले डेढ दर्जन उत्कृष्ट कानुन निर्माण गरिसकेको बताए । महिला,दलित,विपन्न,पिछाडी परेकाको अधिकारको लागी कानुन निर्माण भइसकेको बताए । उनले अब केहि कानुन निर्माण गर्न बाकि रहेको भन्दै यसले अगाडी बढने आधार बनेको बताए ।

उनले अगाडी बढने भन्नाले संविधान संसोधन भएको बताए ।  संघियता विरोधी शक्तिहरु अझै पनि बलियो रहेको मन्त्री यादवले बताए । उनले धर्म निरपेक्षता विरोधीहरु पनि सल्बलाई रहेको भन्दै कहिले मिल्ला र झम्टौला भन्दै पर्खि रहेको जिकिर गरे ।

उनले प्रदेश बनाएर मात्र नहुने भन्दै प्रदेशलाई अधिकार दिनु पर्नेमा जोड दिए । अध्यक्ष यादवले प्रदेशिक संरचनालाई सच्याएर साधन र स्रोतको परिचालनको अधिकार प्रदान गर्नु पर्नेमा जोडदिए ।

जातिय विभेदको कारण विभिन्न समुदायको भाषा संस्कृति संकटमा परेकोले त्यसलाई पुन उत्थान गुर्न पर्ने बताए । एउटा भवन निर्माण गर्न समेत विदेशीसँग हात फैलाउनु पर्ने अवस्थामा हुँदा समाजवादको कल्पना गर्न नसकिने बताए ।

उनले संविधानमा लेखेरमात्र समाजवाद आउन नसक्ने बताए । उनले जातिय विभेद रहनु जेल समाजवादको कुनै अर्थ नभएको दावी गरे । उनले अझै पनि ४५ प्रतिशत जनता आधारभुत स्वस्थ्य सेवाबाट वञ्चित रहेको जिकिर गरे । उनले आधारभुत स्वस्थ्य निशुल्क जनतालाई उपलब्ध गराउने महत्वकांक्षी योजना सरकाले ल्याउन लागेको खुलासा गरे ।

भेलामा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले वर्तमान संधिान संसोधन हुनु पर्ने बताएका छन् । उनले पहिचानवादी शक्तिहरु कम्जोर हुदा यसअघि उठाएका मागहरु पाउन नसकेको जिकिर गरे । मुख्य मन्त्री राउतले ६ वटा प्रदेशमा वर्तमान सरकारका मुख्य मन्त्री भए पनि संविधानमा भएका प्रवधान प्रयोगमा नआउदा उनीहरु पनि पिडामा रहेको जिकिर गरे ।

उनले कर्मचारीतन्त्र र प्रहरी प्रसासनको मानसिकता अझै संघियता प्रवेश नगरेको आरोप लगाए । उनले पहिचान र जातियताको मुद्दा विरुद्धमा काग्रेस र नेकपाका नेताहरु सधै एकै ठाउमा उभिने गरेको आरोप लागाए ।

सासकको स्वार्थको कारण नेपाल धेरै पछाडीपरेको उनको जिकिर थियो । दुइ दिन सम्म चल्ने उक्त भेलाले प्रदेशीक समितीहरु गठन गर्ने छ ।