ताप्लेजुङ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आइतबार ताप्लेजुङ सहित देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।
मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराध नियन्त्रण गर्न माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाइएको संघकी ताप्लेजुङ अध्यक्ष मिना गुरुङले जानकारी दिइन् ।
ज्ञापन पत्र बुझाउनु महिला संघको टाली दिउँसो जिल्ला प्रशासन कार्यलय अगाडिसम्म पार्टिको भण्डा सहित पुगेका थिए । ज्ञापन पत्रमा निर्मला पन्तलगायतको हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध आरोप पनि लगाईएको छ । र्यालीमा सहभागी संघका नेता, कार्यकर्ताहरुले ‘केपी ओली सरकारले महंगी र बलात्कारका घटनालाई न्यूनिकरण गर्न नसकेको वताएका थिए ।
































