पानवारी । बिपी कोइरालाको १०५ औं जयन्तीको अवसरमा बिपी अध्ययन प्रतिष्ठान सुनसरी विस्तार भएको छ । प्रतिष्ठानमा थप १० जनालाई मनोनित गरेको जानकारी विपि अध्ययन प्रतिष्ठान सुनसरीका अध्यक्ष विकास आचार्यले जानकारी दिएका छन । बिष्णुदेव मन्डललाई प्रतिष्ठानको सचिवमा, त्यस्तै सदस्यहरूमा मणी दुलाल, शालिग्राम पाण्डे, बिशालजंगध्वज कटुवाल, कल्पना राउत , बिष्णु कार्की, राजेन्द्र खड्का, प्रियश गुरागाइ, कंचन कोइराला बराल र सम्राट छेत्री रहेका छन । विपि अध्ययन प्रतिष्ठानले देशको बौद्धिक , विद्वान , लेखक , साहित्यकार कलाकार , खेलाडी , व्यवसायीहरूलाई संगठित गर्दै बिचार , दर्शन , सिद्धांत नीति , कार्यक्रम माथि निरन्तर छलफल , सम्वाद र बहस मार्फत लोकतान्त्रिक नेपाल निर्माणमा प्रतिबद्द कांग्रेसका नयाँ पुस्तामा विपी र उनका बिचार पुर्याउने काम गरिरहेको अध्यक्ष आचार्यले बताए ।