रङ्गेली/हत्या गरिएका टंक भट्टराईको परिवारलाई विराटनगर महानगरका मेयर भीम पराजुलीको परिवारले ५० हजार रुपैया प्रदान गरेको छ । मेयरका आमा तुलसीमाया र श्रीमती रन्जिता पराजुली मंगलबार मृतकका परिवारलाई रकम प्रदान गरेका हुन् । मेयर पराजुलीले मृतकका परिवारलाईे रकम दिने घोषणा गरेका थिए । पराजुलीले तलव तथा बैठक भत्ता बापतको रकमबाट कटौती गरी परिवारमार्फत प्रदान गरेका हुन् । सेक्यूरिटी गार्डको काम गर्दे आएका भट्टराईको गत भदौ २ गते निर्ममतापूर्वक हत्या भएको थियो । हत्यारालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । केहि दिन अघि मेरील्याण्ड कलेजका विद्यार्थीले पनि मृतक टंकको परिवारलाई आर्थिक सहयोग गरेका थिए ।