धरान । दुवै मृगौला खराब भई डाइलाइसिस गराउँदै आएका पत्रकार प्रवीण राईलाई किरात राई पत्रकार सङ्घ सुनसरीले आर्थिक सहयोग गरेको छ । सङ्घले १ लाख १९ हजार रुपैयाँभन्दा बढी रकम राईको निवासमा पुगेर हस्तान्तरण गरेको हो । राई किरापको अध्यक्षसमेत हुन् । धरान–११ निवासी देव आवाराले कोरियाबाट ३० हजार ६ सय १४ रुपैयाँ सहयोग गरेका थिए । राईको अहिले घरमा नै सिएबिडी अर्थात् बेड डाइलाइसिसको माध्यमबाट डाइलाइसिस भइरहेको उनकी श्रीमती अन्दिलाले जनाइन् । यसैगरी बुधबारै किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान–१३ ले पनि पत्रकार राईलाई रकम प्रदान गरेको छ । समितिका पदाधिकारी तथा सल्लहाकारहरूबाट सङ्कलन गरिएको ११ हजार ५ सय ५ रुपैयाँ रकम प्रदान गरिएको हो ।