धरान/पत्रकारलाई सामाजिक सञ्जालमा गालिगर्ने एक जनालाई इटहरी प्रहरीले आईतबार पक्राउ गरेको छ । बिद्रोही दमन धादिङे फेसबुक आईडी भएका दमन ढुङगानालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । पत्रकार बिराट अनुपम र एपिवान टेलिभिजनका पत्रकार मिलन बिछोडलाई अपशब्द प्रयोग गर्दै मानमर्दन गरि सामाजिक साञ्जाल तथा सार्वजनिक स्थलहरुमा अफाबाह फैलाएको उजुरी परेपछि ढुङगानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी शिबकुमार श्रेष्ठले जानकारी दिए । हामी प्राप्त उजुरीहरुका आधारमा अनुसन्धान गरि रहेका छौ,प्राप्त प्रमाणले जे पुष्टि गर्छ त्यही अनुसार अगाडी बढ्छौ उनले भने ।