धरान/पाल्पाको राम्घामा शुक्रबार भएको बस दुर्घटनामा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ । सदरमुकाम तानसेनबाट रामपुर जादै गरेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको थियो । रम्घा गाउँपालिका –४ को हुमिनमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पालका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार दुर्घटनामा घाईते भएकाहरुको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भई रहेको बताएका छन् । घाईतको संख्या यकिन हुन सकेको छैन । मृत्यु भएका ११ जनाकै सनाखत भइसकेको छ । मृत्यु हुनेमा विष्णुमान बज्राचार्य, देवेन्द्र प्रधान, छत्रमान शाक्य, कृष्णमान बज्राचार्य, लोकप्रसाद ढकाल, शुसिल श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, बसन्ती खाँण, गीता बुढाथोकी, सचिन बज्राचार्य रहेका छन् ।