फिफा विश्वकप शुरु हुन १५ दिन मात्र बाँकी छ । यसै सन्दर्भमा विश्वकपमा सहभागी हुने ३२ राष्ट्र भए पनि केही मुख्य खेलाडीहरुको छोटो जानकारी प्रस्तुत गरिएको छ । उनीहरुमाथि फुटबल प्रेमीहरुका साथै टोलीले पनि राम्रो गर्ने आशा लिइरहेका छन्। क्रिस्टियानो रोनाल्डो, (पोर्चुगल) पाँच पटकका फिफा प्लेयर अफ दि इयर र बालोन डे ओर अवार्ड विजेता हुन् क्रिस्टियानो रोनाल्डो। थुप्रै कीर्तिमानका धनी ३३ वर्षीय रोनाल्डो पोर्चुगल राष्ट्रिय टिमका प्रेरणादायी र मुख्य खेलाडी हुन्। रोनाल्डोले सन २००३ मा पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका थिए। यस क्रममा उनले राष्ट्रिय टिमका लागि १ सय ४९ म्याचमा ८१ गोल गरेका छन्। उनी पोर्चुगलका सर्वािर्धक अन्तर्राष्ट्रिय गोलकर्तासमेत हुन्। लियोनेल मेसी, (अर्जेन्टिना) पाँच पटकका फिफा प्लेयर अफ दी इयर र बालोन डे ओर अवार्ड विजेता लियोनेल मेसी स्पेनिस क्लब बार्सीलोनाका मुख्य खेलाडी हुन्। ३० वर्षीय वर्तमान अर्जेन्टिना टिमका मेरुदण्डसमेत हुन्। मेसीले सन २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यु गरेका थिए। यस क्रममा उनले राष्ट्रिय टिमका लागि १ सय २३ म्याचमा ६१ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत हुन्। Related image नेयमार जुनियर, (ब्राजिल) बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) मा कीर्तिमानी रकममा अनुबन्धित भएका चर्चित स्ट्राइकर हुन नेयमार जुनियर। २६ वर्षीय नेयमर ब्राजिलियन टिमका मुख्य खेलाडी हुन्। नेयमार सन २०१० देखि ब्राजिलको राष्ट्रिय टोलीमा अटाउँदै आएका प्रमुख खेलाडी हुन्। यस क्रममा नेयमारले राष्ट्रिय टोलीबाट ८३ म्याचमा ५३ गोल गरिसकेका छन्। Image result for suarez uruguay लुइस स्वारेज, (उरुग्वे) स्पेनिस ला लिगा क्लब बार्सीलोनाका चर्चित स्ट्राइकर हुन लुइस स्वारेज।३१ वर्षीय स्वारेज उरुग्वेली राष्ट्रिय फुटबल टिमका मेरुदण्डसमेत हुन्। स्वारेज सन २००७ देखि उरुग्वेली राष्ट्रिय टिमका महŒवपूर्ण सदस्य बन्दै आएका छन्। यस क्रममा उनले ९७ अन्तर्राष्ट्रिय म्याचमा ५० गोल आफ्नो नाममा लेखाएका छन्। Image result for md salah egypt मोहमद सालाह, (इजिप्ट) इंग्लिस प्रिमियर क्लब लिभरपुलका नयाँ गोल मेसिन हुन मोहमद सालाह। २५ वर्षीय सालाह सन २०११ देखि इजिप्टको राष्ट्रिय टोलीमा सामेल हुँदै आएका छन्। यस क्रममा उनले इजिप्टका लागि ५७ अन्तर्राष्ट्रिय म्याचमा ३३ गोल गरेका छन्। Image result for griezmann france एन्टोइन ग्रिजम्यान, (फ्रान्स) स्पेनिस ला लिगा क्लब एट्लेटिको मेड्रिडका स्ट्राइकर हुन एन्टोइन ग्रीजमयान। २७ वर्षीय ग्रीजमयानले सन २०१४ देखि फ्रान्सको राष्ट्रिय टिममा स्थान पाएका हुन। यस क्रममा उनले फ्रान्सका लागि ५१ म्याचमा १९ गोल गरेका छन्। Image result for sadio mane senegal साडियो माने, (सेनेगल) साडियो माने इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका महत्वपूर्ण खेलाडी हुन् । २६ वर्षीय मानेले लिभरपुलबाट विंगरको भूमिका निभाउने गर्छन् । सन २०१२ देखि राष्ट्रिय टिममा आबद्ध उनले राष्ट्रका लागि ४९ म्याचमा १४ गोल गरेका छन्। Image result for robert lewandowski रोबर्ट लेवान्डोस्की (पोल्यान्ड) जर्मन बुन्देसलिगा क्लब बायर्न म्युनिखका प्रमुख खेलाडी हुन रोबर्ट लेवांडोस्की । २९ वर्षीय रोबर्ट पोल्यान्ड राष्ट्रिय टिमका कप्तानसमेत हुन्। स्ट्राइकरको भूमिकामा बुन्दस लिगामा तहल्का मच्चाउँदै आएका रोबर्टले सन २००८ देखि राष्ट्रिय टिमबाट खेल्दै ९३ म्याचमा ५२ गोल गरेका छन्। शिन्जी ओकाजाकी, (जापान) इंग्लिस प्रिमियर क्लब लेस्टर सिटीबाट खेल्ने जापानी खेलाडी हुन सिन्जी ओकाजाकी। फरवार्ड र आक्रामक मिडफिल्डर दुवै भूमिका निभाउने ३२ वर्षीय सिन्जी सन २००८ देखि जापानको राष्ट्रिय टोलीमा सामेल छ। यस क्रममा उनले राष्ट्रिय टिमबाट १ सय म्याचमा ५० गोल गरेका छन्। यारी केन, (इंग्ल्यान्ड) इंग्लिस प्रिमियर लिग टोटन≈याम हट्सपरका चर्चित स्ट्राइकर हुन ≈यारी एडवर्ड केन। २४ वर्षीय केन सन २०१५ देखि इंग्ल्यान्डको राष्ट्रिय टिममा सामेल छन्। इंग्लिस राष्ट्रिय टिमबाट २३ म्याचमा उनले १२ गोल गरेका छन्। केभिन डे ब्रुयने, (बेल्जियम) इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर हुन केभिन डे ब्रुयने। २६ वर्षीय केभिन सन २०१० देखि बेल्जियम राष्ट्रिय टोलीमा अटाएका खेलाडी हुन्। यस क्रममा उनले बेल्जियमको राष्ट्रिय टिमबाट ५९ म्याचमा १४ गोल आफ्नो नाममा लेखाएका छन्। भिक्टोर लेन्डेलफ, (स्वीडेन) इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडबाट सेन्टर ब्याकमा पर्खालसरह उभिने गर्छन् भिक्टोर लेन्डेलफ । २३ वर्षीय भिक्टोर स्वीडेनको राष्ट्रिय टिममा सन २०१६ देखि सामेल भएका हुन्। राष्ट्रिय टिम अटाएको छोटो अवधिमा उनले १९ म्याच खेलिसकेका छन्। सन हिउंग मिंग, (दक्षिण कोरिया) इंग्लिस प्रिमियर लिग टोटेन≈यामका विंगर हुन सन हिउंग मिंग। २५ वर्षीय मिन सन २०१० देखि दक्षिण कोरियाको राष्ट्रिय टिममा अटाएका छन्। यस क्रममा उनले राष्ट्रिय टिमबाट ६३ म्याचमा २० गोल गरेका छन्। लुका मोड्रिक, (क्रोएसिया) स्पेनिस क्लब रियल मेड्रिडका मुख्य खेलाडी हुन्– लुका मोड्रिक ।३२ वर्षीय मिडफिल्डर मोड्रिक क्रोएसियन टिमका क्याप्टेनसमेत हुन्। सन २००६ देखि क्रोएसियाली राष्ट्रिय टिमबाट खेल्दै आएका मोड्रिचले १ सय ४ खेलमा १२ गोल गरेका छन्। भिक्टोर मोसेस, (नाइजेरिया) इंग्लिस प्रिमियर क्लब चेल्सीका विंगर ब्याक हुन भिक्टोर मोसेस। २७ वर्षीय मोसेसले सन २०१२ देखि नाइजेरियाको राष्ट्रिय टिमबाट खेल्दै आएका छन्। मैदानको दुवै विंगमा जम्न सक्ने मोसेसले नाइजेरियाको राष्ट्रिय टिमबाट २९ म्याचमा ११ गोलसमेत गरेका छन्। गिल्फी सीगार्डसन, (आइसल्यान्ड) इंग्लिस प्रिमियर क्लब इभरटन आक्रामक मिडफिल्डर हुन गिल्फी सीगार्डसन। २८ वर्षीय गिल्फीले सन २०१० देखि आइसल्यान्डको राष्ट्रिय टिमबाट खेल्दै आएका छन्। यस क्रममा उनले आइसल्याण्डका लागि ५५ म्याच्मा १८ गोल गरेका छन्। जेफर्सन फरहान, (पेरू) रसियाली क्लब लोकोमोटिभ मस्कोका बिंगर फरवार्ड हुन जेफर्सन फरहान। ३३ वर्षीय फरहानले सन २००३ देखि पेरूको राष्ट्रिय टिमबाट खेल्दै आएका छन्। यसक्रममा उनले पेरूका लागि ८१ म्याचमा २४ गोल गरेका छन्।