यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्रमा रहेको पृथ्वी माध्यमिक बिधालयको प्याराफिट सहितको खेलमैदान मर्मत सम्हारको काम पुरा भएको छ । गाउपालिकाको आर्थिक बर्ष ०७४÷०७५ को बिन्योजित रकम १७ लाख र स्थानियको चार लाख ४५ हजार ६ सय ५३ रुपयाँको जनश्रmमदानमा उक्त खेलमैदानको काम सम्पन्न भएको उपभोत्ता समितिका अध्यक्ष मिराक सम्बाहाम्फेले बताए । जिल्लाकै नमूना खेलमैदानको रुपमा प्याराफिट सहितको खेलमैदान निर्माण गरिएको उनले बताए । खेलकुदको अवलोकनको लागी सदरमुकामको भन्दा पनि राम्रो खेलमैदान निर्माण भएकाले यसलाई नमुना खेलमैदानको रुपमा हामीले लिएका छौ । सम्बाहाम्फेले भने । समितिले २०७४ साल चैत्र २७ गते सम्झौता गरी बैसाख दुई गते देखी काम गरेको थियो । ९ साइजको खेलमैदान निर्माण गर्नुका साथै २५ मिटरका आठ वटा प्याराफिट निर्माण गरिएका छन् । पृथ्बी माविको खेलमैदान समय समयमा मर्मत सम्हार हुदै आएको थियो । तर ब्याबस्थीत खेलमैदान नहुदा खेलाडीहरुले लामो समय देखी सास्ती भोग्दै आईरहेका थिए । तत्कालको लागी गाउँपालिकाले २५ मिटरको आठ वटा मात्रै प्याराफित सहितको खेलमैदान निर्माण गरेको र अर्को आर्थिक बर्ष देखी प्याराफिटको क्षमतालाई बढाउँदै लगिने कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । गाउँपालिकाको केन्द्रमै भएको उक्त खेलमैदानमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका गोल्डकप सञ्चालन हुदै आएका छन । जस्ले गर्दा पनि गाउँपालिकाले खेलमैदानलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।