विराटनगर । बहुचर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे जिल्ला अदालत मोरङमा सुरु भएको थुनछेक बहसमा प्रतिबादीको तर्फबाट बहस गर्ने वकिलको लस्कर लागेको छ । जिल्ला अदालत मोरङमा बिहीबारदेखी सुरु भएको थुनछेक बहसमा सरकारकोतर्फबाट आठ जना सरकारी वकिलको टिम बन्दा प्रतिबादीको तर्फबाट ७९ जना पुगेका छन् । ३० जना प्रतिबादीको तर्फबाट बहस गर्न बिहीबारसम्म ७९ जना कानुन व्यवसायीहरुले मोरङ अदालतमा वाकलतनामा दर्ता गराएको श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । बहस गर्नुभन्दा केही बेरसम्म वाकलतनामा दर्ता गर्न पाउने भएकोले यो संख्या थप बढनेछ । एक जना प्रतिबादीले ३ देखी ४ जनासम्म कानुन व्यवसायीहरु राखेको स्रोतको दाबी छ । प्रतिबादीकोतर्फबाट बहस गर्न अभियुक्तहरुले काठमाण्डौदेखीका नाम चलेका कानुन व्यवसायीहरुलाई ‘हायर’ गरी ल्याएको छ । नाम चलेको कानुन व्यवसयाहीहरुले पक्राउ परेको उच्च तहका प्रहरी अधिकारीदेखी एयरलाइन्सका कर्मचारीको पक्षमा बहस गर्ने भएका छन् । काठमाण्डौबाट नाम चलेका एक दर्जन कानुन व्यवसायीहरु आएको बारका एक पदाधिकारीले बताए । बहस गर्न उनीहरु विराटनगर आइसकेका छन् । थुनछेक बहस सुरु भएको पहिलो दिन प्रतिबादीतर्फको कानुन व्ययवसीहरुले इजालस भरिभराउ देखिन्थो । बहस सुरु भएको इजालस साघुरो रहदा बहुचर्चित साढे ३३ किलो सुन तस्करी र शाक्यको हत्याकाण्डको बहस सुन्न पुगेका थुप्रै मानिस बाहिर बसेका देखिन्थे । जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । यो मुद्दामा ८ सरकारी वकिलको टिम बनेको छ । पहिलो दिन तीन जना सरकारी वकिल बहस गरे । जसमा सहन्यायाधीवक्ता गोपाल रिजाल, जिल्ला न्याधिवत्ता पुन्यप्रसाद पाठक, उच्च अदालतका निमित सह न्यायाधीवक्ता मनोज आचार्यले बहस गरेका थिए । बाँकी रहेका पाँच जना वकिललको समय अभावले गर्दा शुक्रबार बहस गर्ने जिल्ला अदालत मोरङले जनाएको छ । सहन्यायाधीवक्ता चिरन्जीवी पराजुली, उपन्यायाधीवक्ता हिमालय त्रिताल, जिल्ला न्यायाधीवक्ता पुण्य प्रसाद सापकोटा, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्ती आज शुक्रबार गर्नेछन् । बादीकोतर्फबाट सरकारी वकिलले बहस गरेपछि प्रतिबादीतर्फका कानुन व्यवसायीहरुको बहस गर्ने स्रेस्तेदार दुलालले जानकारी दए । प्रहरीले पक्राउ गरी अदालत र्पुयाएका ३० जना प्रतिबादीकोतर्फबाट बहस गर्न काठमाण्डौ, मोरङ, सुनसरी, झापालगायतका जिल्लाहरुबाट समेत कानुन व्यवसाहीहरुले बहस गर्नेछन् । काठमाण्डौबाट बरिष्ठ अधिवक्ता सम्भू थापा, रमन श्रेष्ठ, यदुनाथ खनाल, शुशिल पन्त, अधिबक्ता उद्धब केसी, मनिषा बस्नेत, रमिता महर्जनले बहस गर्न अदालतमा वकालातनामा दर्ता गराइसकेका छन् । प्रतिबादीकोतर्फबाट बहस गर्ने सबैभन्दा बढी मोरङका कानुन व्यवसाहीहरु छन् । मोरङबाट मात्र करिब ३० जना कानुन व्यवसायीहरु रहेको बताइएको छ । प्रतिबादीकोतर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरू मोरङका रमेश कोइराला, हिक्मत पौडेल, विपुलेन्द्र चक्रवर्ती, सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराईले अभियुक्तका पक्षबाट बहस गर्न वकालतनामा गरेका छन् । त्यस्तै अधिवक्ताहरू देवीबहादुर घिमिरे, हेमराज पन्त, विकास थापा, देवेन्द्र कोइराला, नारायण वस्ती, रामप्रसाद भण्डारी, शान्तिराम भण्डारी, रूपेश कोइराला, दीपक खतिवडा, यमबहादुर मगर, पुरुषतम नेपाल, लक्ष्मण न्यौपाने, मधुसुधन चौधरी, भक्ति माझी, विश्वराम भट्टराई, रेखा थापा, कविता बस्नेत, पुष्करचन्द्र घिमिरे, खगेन्द्रबहादुर श्रेष्ठ, डिल्लीबहादुर कार्की, डिल्लीराम घिमिरे, अशोक पोखरेल, मोहन कोइराला, टंक उप्रेतीलगाय गरी ३० जना अभियुक्तको तर्फबाट बहस गर्नेछन् । थुनछेक बहस सकिएपछि प्रतिबादीहरुलाई थुनामा राखेर सुनुवाइ गर्ने कि धरौटी वा तारेखमा राखेर न्यादिसले आदेश गर्ने हो । सम्भत बाढीमा मंगलबार र छिटोमा सोमबारसम्म आदेश आइसक्ने कानुन व्यवसाहीहरुको भनाई छ । प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था समेत अन्य बेलाको भन्दा बिहीबार कडा पारेको थियो । प्रहरीले इजालस बाहरी र अदालत परिसर भित्र करिब ५० भन्दा बढी सुरक्षा प्रहरी परिचालन गरेको मोरङ प्रहरीको भनाई छ । मोरङ जिल्ला अदालतको ६ नम्बर इजालमा जिल्ला न्यायाधीश शर्माको रोबरमा ३० जना अभियुक्तहरु मंगलबार बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो । जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा गत बुधबार आपराधिक समूह स्थापना संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोवार तथा अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यानमा मुद्दा दायर गरेको थियो । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल, ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो । यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरीसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । उनीहरूसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ ।