काठमाडौँ/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ।
[caption id="attachment_57133" align="aligncenter" width="759"]
वैशाख २८ गते नेपाल भ्रमणमा आउने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २ बजेर ४५ मिनेट जाँदा अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो। रासस