काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ । बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य अव प्रतिलिटर १ सय ८ रूपैँया पुगेको छ । डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पर्ने भउको छ । खाना पकाउने एलपी ग्यासको मूल्यभने यथावत रहेको छ ।