बेलबारी । १२९ औं अन्तराष्ट्रिय मजदुर दिवशको अवशरमा पुर्वाञ्चल ल्युव आयल प्रा.लि. सुन्दरहरैंचाले अपांगहरुका लागि ह्वील चियर वितरण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रा.लि. स्थापना भएको १७ वर्ष पुरा गरेको अवशरमा कार्यक्रमको आयोजना गरिएको हो । सोही अवशरमा सुन्दरहरैंचा र उर्लाबारीका दश जना अपांगहरुलाई ह्वील चियर वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव सुन्दरहरैंचाका अध्यक्ष गोपालबहादुर थापा र प्रालिका अध्यक्ष भोला दुलालले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । सुन्दरहरैंचाका सुत्लादेवी चौधरी, अमृता खवास र उर्लाबारीका लक्ष्मी विक लगायत दशजनालाई ह्वील चीयर प्रदान गरिएको थियो । उद्योगी व्यवसायीहरुलाई सामाजिक कार्यमा अभिप्रेरित गर्न पीएलओले सामाजिक कार्यहरुको अगुवाई गर्दै आएको छ । प्रालिले ईन्द्रपुर गाविस रहेको अवस्थामा पहिलो पटक पीएलओ मार्गमा पक्की सडक बनाएको प्रालिका अध्यक्ष दुलालले मन्तव्यको क्रममा बताएका छन् । त्यसैगरी विभिन्न स्थानका १६ वटा विद्यालय निर्माणमा सहयोग, २ सय भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति र मठमन्दिर पुलपुलेसामा प्रालिले सहयोग गर्दै आएको दुलालले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि थापा र अथिति ईन्द्रपुर जेसिजका अध्यक्ष रुद्र थापाले पीएलओको सामाजिक कार्यको प्रसंशा गरेका थिए । कार्यक्रममा कृष्ण प्रणामी मन्दिर सुन्दरहरैंचाका अध्यक्ष कृष्ण बास्तोला, माछापुच्छ्रे वैंकका शालिग्राम पहाडी अतिथि रहेका थिए ।

रक्तदान जीवन दान भन्ने मुख्य नाराका साथ आयोजना गरिएको कार्यक्रममा रेडक्रस सुनसरीको प्राविधिक सहयोग रहेको थियो । रक्तदान जस्तो मानवीय सेवा अरु केहि नभएको भन्दै प्रालिका अध्यक्ष दुलालले १सय ८ औं पटक रक्तदान गरेका छन् ।