मधुमल्ला । चर्चामा आउन धेरै हत्कडा पनि हुने गरेको छ । तर, झापाका ९ बर्षे एक बालक अशोक दर्जी रातारात हिट बनेका छन् । उनी यतिबेला निकै भाइरल बनिरहेका छन् । उनको गायकीले युटुवमा सनसनी मच्याइरहेको छ । चर्चामा आएका यी अशोकलाई गायक टंक बुढाथोकीले गीत पनि रेर्कड गराईदिएका छन् ।

मन ठूलो की धन बोलको गीतमा उनले स्वर दिइसकेका छन् । युटुबमा चर्चा भएसँगै उनको गीत रेर्कड गराउनेको होड बाजीमात्र चलेन । उनको अनुसार देखाएर आफ्नो युटुब च्यालनकोे प्रमोशन गर्नेको ताती नै लाग्यो । खास प्रतिभाशाली नभएपनि उनको स्वरमा दम भने छ । निर्धक्क साथ आफूलाई प्रस्तुत गर्ने यी बाल गायकका अधिकांश युटुबमा हालिएका भिडियो चर्चामा पुगे । उनी युटुबमा भाइरल बनेसँगै उनीको भिडियो बनाउँदै युटुबमा पोष्ट गर्नेको संख्या अधिक छ । नामै नसुनिएका युटुब च्यानलहरुले स्थापित भनिएका युटुब च्यानललाई सोही बालकको भिडियोका कारण चुनौति दिइरहेका छन् ।

यी अशोक युटुब च्यालनहरुका लागि हट केक बनिरहेका छन् । उनको चर्चा निकै भइरहेको छ । मानौं, कुनै चर्चित गायक नै हुन् । तर, उनी चर्चित गायक नभई सामान्य परिवारमा जन्मेका एक बालक हुन् । उनी युटुबमा हिट भएकै कारण युटुब च्यालनहरुको ध्यान उनीमाथी परेको छ । उनलाई प्रयोग गर्दै आफ्नो च्यानललाई हिट बनाउन लोभीपापीहरु यतिबेला उनको भिडियो खिच्न तामझाम गरिरहेका छन् । गायक हेमन्त रानाको ‘सुन साइली’, बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आँखामा तिमी छौं’ जस्ता गीतहरु उनले दुरुस्त गाउँछन् । उनका हरेक भिडियो अधिक रुपमा हेरिएको छ ।

अदभूत क्षमताका कारण छोटो समयमा नै उनी चर्चामा आएका हुन् । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । उनी उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । शब्दमा भने केही कन्फुयज देखिने उनको गाउने शैली भने रोचक रहेको छ । विपन्न परिवारमा जन्मेका अशोकले भविष्यमा सफल गायक बन्ने लक्ष्य लिएका छन् । बुवा बिष्णु र आमा ललिताको एक मात्र छोरा अशोक झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागि जिविकोपार्जनका लागि पैसा संकलन गर्ने गरेका छन् । उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् । केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ । २ कक्षा सम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेको बताए । तर, पछिल्लो समय धेरैले सहयोग गर्ने वाचा गरेकाले आगामी बर्षदेखि पुनः स्कुल जाने र संगीतसँगै पढाईलाई पनि अघि बढाउँने चाहना रहेको उनले बताए । उनका बुबा आमा अरुको घरमा काम गर्ने गर्छन् । प्रतिभा भएर पनि गरिब भएकै कारण उनले आफ्नो प्रतिभाको सही सदुपयोग गर्न सकेका छैनन् । जस्तोसुकै गीतहरु पनि सहज तरिकाले गाउन सक्नु उनको खुबी नै हो ।

अन्य समय कुनै न कुनै क्रियाकलाप गरेर केटाकेटी पना देखाउने उनी जब गीत गाउन सुरु गर्छन्, तब सबथोक बिर्सिएर दत्तचित्त भएर गाउँनमा नै मस्त हुन्छन् । एकपछि अर्काे गीतहरु सुनाएर उपस्थित दर्शक, स्रोताको मन जित्न सफल हुन्छन्, उनी । उर्लाबारी फोसक टिभीले यसैसाता उनको प्रतिभालाई उजागर गर्ने उद्देश्यले एकल सांगितिक कार्यक्रम गरेको छ । उर्लाबारी क्षेत्रका प्रतिष्ठिन ब्यक्तिहरु भेला पारेर गरिएको कार्यक्रममा उनको प्रशंसामात्रै गरेनन्, भबिष्यमा चर्चित गायक बन्ने पनि अड्कल धेरैले काटेका छन् । उनको प्रतिभालाई धेरैले सहयोग पनि गरे । अशोकसहित उनका दुई बहिनीहरुलाई बेथेल एजुकेशन एकाडेमीले कक्षा १० सम्म निशुल्क पढाउन सुरु गरेको छ । यो अशोककै चर्चाका कारण सफल बनेको हो । अशोक यतिबेला सडकबाट विद्यालय पुगेका छन् ।