विराटनगर । मोरङको दुई स्थानमा छुटा छुटै दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाइते भएको छन् । सुन्दरहरैचा ५ र ग्रामथान गाउँपालिका ३ मा सोमबार छुटा छुटै दुर्घटना भएको हो ।

तिव्र गतिमा काठमाण्डौतर्फ हिडेको ‘हाइस’ माइक्रो अनियन्त्रीत भई मोरङको सुन्दरहरैचा – ५ ठडिया चौकमा दुर्घटनमा परी मृत्यु हुनेमा झापाको भद्रपुर – १५ की ५१ वर्षिय उमा निरौला र सोही ठाउँका ५२ वर्षिय श्यामा कार्कीको उपचारको क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै ग्रामथानमा भएको दुर्घटनमा परी जहदा गाउँपालिका ३५ वर्षिय विनोद साह र झापाको ५० वर्षिय जयसिंह राजवंशीको नोबेल मेडिकल कलेजमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

झापाको भद्रपुरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९१९ नम्वरको माइक्रो सुन्दरहरैचाको ठडीया चौकमा र्दुघटना भएको थियो । अनियन्त्रीत भइ विपरीत दिशातर्फ गइ रुखमा ठोकिदा सवारी चालक दमक ५ बस्ने ५० वर्षिय धिरज न्यौपाने सहित तीन जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सायक निरीक्षक तुलामणि आचार्यले जानकारी दिए । गम्भिर घाइते हुनेहरुमा

धनुषाको मीथला ८ का २२ वर्षिय दिपक पाण्डे र दमक ९ का ४० वर्षिय नरमाया तामाङ्ग रहेकी छिन् । उनीहरुको उपचार विराटनगरमा रहेको गोल्डेन अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार १३ सवार रहेको उक्त माइक्रोमा सामान्य घाइते ७ जना रहेको छ । उनीहरुको उपचार धरानमा रहेको बिपी कोइराला विज्ञान प्रष्ठिानमा उपचार भइरहेको छ ।

‘तीव्र गतिमा आउँदा अनियन्त्रीत भइ माइक्रो दुर्घटना भएको देखिन्छ,’ मोरङ ट्राफिकका प्रहरी साहयक निरीक्षक आचार्यले भने, ‘बचाउन खोज्दा साइटमा रहेको रुखमा ठोकिएर दुर्घटना भएको छ ।’

त्यसैगरी पुष्पलालचोकदेखी विराटचौक जोड्ने सडक खण्ड अन्तर्गत ग्रामथान गाउँपालिकाको कौसलीया चौकमा को १ च ७५०६ नम्बरको पिकअप भेनलाई बा. १६ च ९३९८ को कारले ओभर टेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।