काबुल/ घटनामा एक महिला पत्रकारसहित ८ पत्रका मारिएका छन्। घटनामा एएफपीका वरिष्ठ फोटो पत्रकार साह माराइ मारिएको एएफपीले उल्लेख गरेको छ। अफगान राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती हमलामा ८ जना पत्रकारहरु सहित २९ जना मारिएका छन्। मारिनेमा एएफपीका एक वरिष्ठ फोटो पत्रकार पनि छन्।  पहिलो बिस्फोट बिहान ८ बजे भएको थियो। अमेरिकी दूतावास र अफगान सरकारका कार्यालयहरु भएको स्थानमा भएको बिस्फोटपछि पत्रकारहरु उक्त स्थानमा थुप्रिएका थिए। केहीबेरमा तिनै पत्रकार र क्यामराम्यानहरुलाई लक्षित गरेर अर्को आक्रमण गरिएको थियो। सन् १९९६ मा ड्राइभरका रुपमा एएफपी पसेका माराइ सन् २००२ देखि पूर्णकालीन फोटो पत्रकार बनेका थिए। उनका छ छोराछोरी छन्।