काबुल/अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ। मारिनेमा तीन जना पत्रकार पनि परेको बताइएको छ। तीमध्ये एक जना फोटो पत्रकार रहेको अफगानिस्तानको पत्रकार वकालत समूहले जनाएको छ।
मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना घाइते भएका छन्। सो विस्फोटमा दुई जना आत्मघाती पनि मारिएका छन्। उनीहरुको पहिचान खुलेको छैन। सोमबार बिहान दुई जना आत्मघातीले विस्फोट गराएका थिए।
सो क्षेत्र वरपर अरु पनि केही सरकारी कार्यालयहरु रहेका छन्। ती कार्यालहरुलाई पनि लक्ष्य गरी विस्फोट गरिएको अनुमान गरिएको छ। आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन।