बेलबारी/ मोरङको बेलबारी १ स्थित नक्सल सामुदायिक वन उपभोक्ता समुहले संरक्षण गर्दै आएको वन क्षेत्रमा साझेदारी वनले रुख कटान गरेपछि उपभोक्ताहरुले विरोध जनाएका छन् ।

शनिवार पुजा पाठ गरेर चिसाङ बेलबारी साझेदारी वनले उपभोक्ताहरुले संरक्षण गर्दै आएको वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम अनुशार कटान शुरु गरेको थियो । वस्ती देखि नजिकै रहेको वनक्षेत्रमा उपभोक्ताहरुले नर्सरी लगाएर विरुवा हुकाएको थियो ।

सोही क्षेत्रमा साझेदारी वनले नम्बर प्लेट ठोकेर रुख कटान गरेपछि वन समुहका उपभोक्ताहरुले विरोध जनाएका हुन् । उपभोक्ताहरुले संरक्षण गरेको वनको उपभोग स्थानीय उपभोक्ताहरुले नै गर्न पाउनु पर्ने वन समुहकी अध्यक्ष चन्द्रकला मगरले बताईन् ।

उपभोक्ताहरुको विरोधको कारण आईतवार रुख कटान गर्न आएका कर्मचारीहरु फर्केर गएका छन् । विरोधको क्रममा उपभोक्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

यस विषयमा सेक्टर वन कार्यालय बेलबारीका प्रमुख शत्रुघन देवले सोमवार पुन छलफल गरेर सहमति कायम गरि कटान थालिने बताए । नक्सल सामुदायिक वनलाई करिब २ सय ७६ हेक्टर वन हस्तान्तरण गरेर बाँकी रहेको वन क्षेत्र साझेदारीमा लगाएको देवले बताए ।