झापा । युटुबमा हिट बनेका अशोक दर्जीको जीवनमा धेरै परिर्वतन आयो । पहिले सडकमा गाउँदै हिँड्ने यी ९ बर्षे बालक यतिखेर पढाईमा छन् । उनी पहिलो भुटानी शरणार्थी शिबिर लगायतमा गाउँदै पैसा संकलन गर्थे । सडकबाट उनी निस्किएर स्टुडियोभित्र पनि छिरिसकेका छन् । उनका स्वर भरिएका अधिकांश गीतको भिडियो ट्रेनिङमा छन् । संगीतकार टंक बुढाथोकीले त आफ्नो युटुब च्यानलको प्रमोशनका लागि काठमाडौं नै लगेर गीत रेकर्ड राराईदिए । उनको त्यो गीत रेकर्डकै क्रममा खिचिएको भिडियो यहिले पनि टे«निङमै छ । उर्लाबारी फोरसकै कारण अशोकको चर्चा उर्लाबारीमा प्रतिभा पहिचान कार्यक्रम गरेर उर्लाबारी फोकस टिभीले यी अशोकको प्रतिभामात्र उर्जागर गरेन । उनका लागि ५० हजार सहयोग जुटाउने काम गर्यो । त्यही कार्यक्रममा उर्लाबारी–७ को बेथेल एजुकेशन एकाडेमीले १० कक्षासम्म पढाउने भयो । अहिले ती बालक सोही स्कूलमा पढिरहेका छन् । सोही कार्यक्रमले अशोकलाई देशैभरी चिनायो । उर्लाबारी फोकस टिभीभन्दा अगाडि पनि उनको भिडियो युटुबमा अपडेट भएपनि खासै चर्चा थिएन । लाखौंले त्यो भिडियो हेरे तर, चर्चा भएन । उर्लाबार िफोकसका विवेक हिङमाङ र किशोर श्रेष्ठले यी बालकको भबिष्य उज्यल बनाउने काम गरे । जसका कारण यतिबेला बालक सडकबाट विद्यालय पुग्न सकेका छन् ।