गोरखपुरबाट करिब ५० किलोमिटर टाढा खुसीनगर नामक स्थानमा दुर्घटना भएको छ । भारतको उत्तर प्रदेशमा स्कुल भ्यानलाई रेलले ठक्कर दिँदा १३ केटाकेटीको मृत्यु भएको छ। ठक्कर दिने रेल गोरखपुरबाट सिवानतर्फ गइरहेको थियो।
बिहान करिब ७ बजे डिभाइन पब्लिक स्कुलका करिब २५ विद्यार्थी बोकेको भ्यानलाई रेलमार्ग पार गर्दैगर्दा रेलले ठक्कर दिएको थियो। अन्य आठ जना गम्भीर घाइते रहेको जनाइएको छ। भ्यानमा प्रायःजसो १० वर्षमुनिका केटाकेटी थिए ।
एक व्यक्तिले रेल आइरहेको सूचना भ्यानका चालकलाई दिए पनि चालकले होसियारी नअपनाएको बताइएको छ।
एजेन्सी