धरान/ आसाराम बापूले नाबालीगको बलात्कार गरेको दोषी ठहर भएका छन् ।

जोभपुरको अदालमा अहिले सजायबारे बहस भइरहेको छ । उनलाई १० वर्षसम्म सजाय हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आसाराममाथि २०१३ सालमा आश्रममा १६ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप थियो ।

किशोरीका आमाबुबा आसारामका भक्त थिए । छोरी विद्यालयमा लडेपछि आमाबुबाले उनलाई आश्रम लिएर गए । त्यसपछि आश्रममै आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

बलात्कृत भएको ५ दिनपछि प्रहरीमा उजुरी दिएका थिए । आशाराम अहिले पनि प्रहरी हिरासतमा छन् ।