विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा बढेको बेथिति तथा भ्रष्टाचारको विषयमा प्रदेभ सभा बैठकममा सांसदले चासो देखाएका छन् । १ नम्बर प्रदेशसभाको बठकको शून्य समयमा बोल्दै सुनसरीका सांसद चन्द्र प्रसाद श्रेष्ठले स्वास्थ्य विज्ञान प्रष्ठिानमा बढेको बेथितिबारे चासो देखाएका हुन् । शून्य समयमा बोल्दै सांसद श्रेष्ठले वीपी प्रतिष्ठानमा उपकरणहरु खरिद गर्दा व्यापक रुपमा भ्रष्टचार भएको भएको भन्दै प्रदेश सरकारको ध्यानआर्षण गराए । ‘प्रष्ठिानले एउटा मेसिन खरिद गर्दा व्यापक रुपमा भ्रष्टचार भएको छ,’ सांसद श्रेष्ठले भने, ‘यस विषयमा प्रदेश सरकारले तत्काल छानविन गनुपर्ने छ ।’ उनले प्रदेश सरकारलाई छानविन समिति समेत तत्काल गठन गर्न माग गरेका छन् । ‘एउटा उपकरण खरिददेखी भवन निमार्ण गर्दासमेत भ्रष्टचार भएको छ,’ सांसद श्रेष्ठले भने, ‘पछिल्लो समय प्रष्ठिानको लागि उपकरण खरिद गर्दा ६ करोड रुपैयाँसम्म भ्रष्टचार भएको देखिन्छ । सरकारले तत्काल छानविन गनुप¥यो ।’ उनले धरान उपमहानगरपालिका क्षेत्रमा खानेपानी नभएर हाहाकार भएको भन्दै सरकारले जनतालाई सहज रुपमा मानव जीवनको लागि आवश्यक पर्ने पानी सहज बनाउनुपर्ने बताए । त्यस्तै सुनसरीकै सांसद उमिता बि.कले धरानमा बैकल्पीक विमानस्थल सरकारले बनाउनुपर्ने बताइन् । ‘धरानमा विमानस्थल निमार्ण गर्नको लागि स्वीकृत भएको भएको थियो,’ उनले भनिन्,‘अहिले कुनै काम अगाडी बढेको छैन् । जुनै समयमा समेत मौसम सफा रहने धरानमा विमानस्थलको आवश्यक छ ।’ धरानमा विराटनगरको विकल्पको रुपमा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने उनको भनाई थियो । संसद बैठकमा बोल्दै झापाका सांसद पूर्णप्रसाद राजवंशीले वर्षाको समय सुरु भएको भन्दै बिरिङ लगायतका खोला नियन्त्रणको माग गरे । उनले जन्मसिद्ध नागरिकता पाएकाहरुको सन्तानले नागरिकता नपाएको भन्दै आवश्वस व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण पनि गराए । यसैगरी संसद बैठकमा बोल्दै संखुवासभाका सांसद पूर्णप्रसाद राईले चीनसँग सीमाना जोडिएको जिल्लाको किमाथांकाको बेंसी अरुणले कटान गरिरहेको भन्दै बाँध निर्माणको माग गरे । छिमेकी देश चिनले देन्दाङमा बाँध निर्माण गरेर नेपाली भूमिमा खोला पस्ने सम्भावना बढेको भन्दै उनले प्रदेश सरकारलाई आवश्यक पहलका लागि अनुरोेध गरे । राईले विराटनगर–किमाथांका सडक निर्माणको क्रममा भोटखोला गाउँपालिकाका कतिपय पहरा फुटाउन बम पड्काउनु पर्ने भन्दै आवश्यक प्रबन्ध मिलाउन पनि आग्रह गरे । संसद बैठकको शून्य समयमा बोल्दै मोरङका सांसद उपेन्द्र घिमिरेले उत्तरी मोरङका खोलामा जथाभावि ढुंगा–गिट्टी उत्खनन् गरिएको भन्दै स्वीकृति कुन तरिकाले दिइएको हो सार्वजनिक हुनुपर्ने माग गरे । संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले केन्द्र सरकार मातहत संचालन भइरहेका पूर्वाधार योजनाहरु प्रदेश सरकार मातहत ल्याउने प्रयास भइरहेको बताए । उनले प्रदेश सरकारको मातहतमा आउनेवित्तिकै कमिकमजोरी सच्याउँदै कामलाई दु्रत गतिमा अगाडि बढाउने जानकारी दिए ।