इटहरी/ मगंलवार प्रचण्ड गर्मीमा खलखल पसिना हुदै इटहरी चौकमा भूपू शैनिक दिवस मनाए । प्राय एकै पोषाकमा सजिएका भूपूहरु आ आफ्नो तोक्मा झुण्डाएर आएका थिए ।

कार्यक्रम तोकिएको समय भन्दा ३ घण्टा समय पछि सुरु भए पनि प्रमुख अतिथि एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राई भने तोकिएको समय भन्दा साडे तिन घण्टा पछि कार्यक्रम स्थलमा आए ।

मुख्यमन्त्री कार्यक्रम स्थलमा आए सँगै भूपू शैनिकहरु प्रदेशको राजधानी विराटनगर उपयुक्त नभएको भन्दै इटहरीलाई प्रदेशको राजधानी बनाउँन माग गरेका छन । इटहरी प्रदेश एकको १४ जिल्लाको जक्सन पोईन्ट भएको कारण इटहरीलाई प्रदेशको राजधानी बनाउँनु पर्ने संयुक्त भूतपूर्व शैनिक कल्याणकारी महासंघ नेपालका पूर्वाअञ्चल अध्यक्ष किशोर कुमार राईले माग गरे । तरहरा र झुम्कामा रहेको कृषि अनुसन्धान केन्द्रमा रहेको ३ सय ४५ विगाह जमिनमा राजधानी बनाउँन उनको माग थियो ।

विराटनगर प्रदेशको जनताको लागी राजधानी उपयुक्त नभएको कारण इटहरीलाई प्रदेशको राजधानी बनाउँन भूपू शैनिक अगुवा तेज अधिकारीको भनाई थियो । इटहरीलाई प्रदेशको राजधानी बनाए सबै जिल्लाका जनतालाई सहज हुने उनको भनाई थियो । हामीलाई मात्र हैन सबै जिल्लाको जनताको भावना एक नम्वर प्रदेशका मुख्यमन्त्रीले बुझ्नु पर्ने उनको भनाई थियो । इटहरीमा सरकारी जग्गा र भवन प्रशस्त हुदाहुदै राजनितिक पहुचको भरमा राजधानी जानु दुखद भएको भूपू शैनिकहरुको भनाई थियो ।

नेपाल राष्ट्रिय भूपू शैनिक संगठनका सुनसरी अध्यक्ष छत्रबहादुर कार्कीले पनि प्रदेशको राजधानी इटहरीमै हुनु पर्ने वताए । उनले भने एक नम्वर प्रदेशको राजधानी इटहरी जस्तो उपयुक्त कतै नहुने ठोकुवा गदै सबै जनताको हितमा प्रदेश सरकार लाग्नु पर्ने उनको भनाई थियो । पूर्व प्रहरी संगठन सुनसरीका अध्यक्ष रत्नबहादुर भण्डारीले भूपू प्रहरीहरुको पक्षमा सरकारले अपलब्धी मुलक काम गर्नुको विकल्प नरहेको वताएका थिए ।

साथै भूपू शैनिकहरुले भूपू प्रहरीको लागी ३ कठ्ठा जग्गा उपलब्ध गराईदिन मुख्यमन्त्री राई सँग माग गरेका छन । त्यस्तै भूपूहरुलाई समानुपातिक कोटा समेत निर्धारण गर्ने माग गरेका थिए । प्रादेशिक सेना सबै प्रदेशहरुमा राख्न माग गर्ने मुख्यमन्त्रीलाई भूपू शैनिकहरुले सझाब दिएका छन ।