[caption id="attachment_35428" align="aligncenter" width="750"] फायलफाेटाे[/caption]

काठमाडौं/ कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा समस्यामा परेका ४२९ जना नेपालीलाई कतारस्थित नेपाली दूतावासले खाद्यान्न उपलब्ध गराउने भएको छ । दूतावासको पहलमा कतार च्यारिटीमार्फत खाद्यान्न उपलब्ध गराउन लागिएको हो । यो कम्पनीमा समस्यामा परेका नेपालीले तीनदेखि ६ महिनासम्म तलब नपाएको दूतावासले जनाएको छ ।

समस्या समाधानका लागि कतारको श्रम मन्त्रालयसँग वैशाख ६ गते र १० गते गरी दुई पटक छलफल गरिसकेको र जतिसक्दो चाँडो समस्या समाधान गरिदिन अनुरोध गरिएको दूतावासले जनाएको छ । कतारको सम्बन्धित निकायले चाडै समस्या समाधा गर्ने जानकारी दिएको छ ।

यो कम्पनीमा ४२९ जना नेपाली सहित १२ सय विदेशी कामदार समस्यामा परेका छन् । पीडितले नेपाली दूतावास, कतार राष्ट्रिय मानव अधिकार समिति र अन्तर्रा्ष्ट्रिय श्रम संगठनको कार्यालयमा तलब दिई उद्धार गरी पठाउन निवेदन दर्ता गरेका छन् । धेरैजसो पीडितले तत्काल रोकिएको तलब र टिकट काटेर स्वदेश पठाइदिन अनुरोध गरेका दूतावासले जनाएको छ ।

उज्यालाेखबर