विजयपुर/ इटहरीमा सामसुङ कम्पनीको आधिकारीक डिलर दन्तकालि ट्रायर एण्ड ट्रेडको बुधबार उद्घाटन भएको छ । ट्रेडको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले उद्घाटन गरेका छन् ।

ट्रेडको उद्घाटन गर्दै मेयर सुब्बाले स्वस्थ प्रतिस्प्रधाबाट मात्र ब्यासायीक उन्नती हुने बताए ।युवाहरु स्वरोजगार भएमात्र देशमा आर्थिक बिकास हुने उनको भनाई थियो ।
युवाहरुले आफ्नो शिप र क्षमता अनुुसारको ब्यबसाय गर्ने वातावरण तयार हुदै गएको भन्दै मेयर सुब्बाले अब युवाहरु स्वदेशमै आत्मानिर्भर बन्ने तर्फ वातावरण तयार हुदै गएको सुझाए ।
ट्रेडले सामसुङ कम्पनीका मोबाइल,फ्रीज,टीभी,एसी लगायतका सामानहरु बिक्रि गर्ने सञ्चालक पवनकुमार अग्रवालले जानकारी दिए ।