निर्देशक मोहित सुरीकी बहिनी स्माइली सुरीले ‘कलयुग’मार्फत् फिल्ममा डेब्यु गरेकी थिइन् । ‘कलयुग’ नहेर्नेले पनि उक्त फिल्ममा रहेको ‘जिया धडक धडक’ त सुनेकै हुनुपर्छ । उक्त गीतमा देखिएकी अभिनेत्री हुन् स्माइली । ती सुन्दर र मुस्कानकी खानी स्माइलीको अचेल बदलिएकी छिन् । डिप्रेशनका कारण उनी मोटी मात्रै भएकी छैनन्, थायराइडबाट पनि ग्रसित छिन् ।

डिप्रेशनलाई जित्न अहिले उनी पोल डान्स सिकिरहेकी छिन् । उनलाई सानैदेखि नृत्यमा रहेको सोख पूरा गरेर डिप्रेशनबाट मुक्ति पाउनुछ । उनी अरुलाई पनि यसका लागि प्रोत्साहन गरिरहेकी छिन् । भनिरहेकी छिन्, ‘केही न केही गर्नुपर्छ नत्र डिप्रेशन जस्ता खराब स्वास्थ्य समस्याले अंगाल्न सक्छ ।’

पपछिल्ला वर्षहरुमा उनले आफन्तहरु गुमाउँदै जाँदा डिप्रेशनबट झन् झन्ग्रसित हुनुप¥यो । आफ्नी हजुरआमा र बुवा गुमाएपछि एक्लो महशुस गर्न थालेको र त्यसैले डिप्रेशनमा लिएको उनले बताएकी छिन् । ‘यस बाहेक बताउन नमिल्ने केही घटना मेरो जीवनमा घटे, जसले मलाई यो अवस्थामा पुर्यायो,’ उनले दैनिक भाष्करसँग भनेकी छिन् ।

उनले सन् २१४ मा विनित बंगरासँग विवाह गरेकी थिइन् । तर, उनको वैवाहिक जीवन पनि सहज नचलिरहेको बुझिएको छ । डिभोर्स नगरेपनि छुट्टाछुट्टै बसिरहेका छन् । एजेन्सी