वीरगञ्ज/ डाँका पक्रन खटिएको प्रहरी टोलीमाथि पर्सामा आक्रमण भएको छ । डकैती गरेर नेपालमा लुकेर बसेको आशंकामा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् ।
स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले घटनाको पुष्टि गर्दै प्रहरीहरु सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, नवीन पाल र ऋतुराम सोनार घाइते भएको जनाएको छ । घाइते प्रहरीको ठेगाना र दर्जा भने खुलाइएको छैन ।
प्रहरीका अनुसार, आक्रमणमा परी सामान्य घाइते भएका प्रहरीहरु नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि काममा फर्केका छन् ।