काठमाडौं/चर्चित भारतीय कमेडियन कपिल शर्मा विवादमा परेका छन् । कार्यक्रममा पाहुना बोलाएर घण्टौँ कुराउनेदेखि स्वमय् आफैं कार्यक्रममा अनुपस्थित रहेको कपिल शर्मामाथि आरोप लागेको छ ।
कपिलको गैरजिम्मेवार व्यवहारका कारण उनले सञ्चालन गरेको ‘फेमिली टाइम विथ कपिल शर्मा’को प्रोडक्सन हाउसलाई करिब ३० लाख घाटा पुगेको दाबी गरिएको छ ।
चलचित्र ‘हिच्कि’ को प्रोमोसनका लागि उक्त शोमा पुगेकी रानी मुखर्जीलाई करिब २ घण्टा कुराएर कपिलले अन्त्यमा कार्यक्रम नै रद्द गरे । जस कारण प्रोडक्सन हाउसलाई करिब ३० लाखको नोक्सान पुगेका भारतीय मिडियाले जनाएको छ ।