महेन्द्रनगर/ कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा आगोमा जलेर एकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको जलेर मृत्यु भएको हो। बिहीबार राति सुतिरहेको समयमा सल्किएको आगोले जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।fire

शिविरमा टहरा बनाएर बस्दै आएका उनको आफू सुतिरहेकै ठाउँमा आगो लागेर जलेको बताइएको छ। रातिको समयमा चुरोट सल्काएर खाएका उनले त्यही चुरोटको भागबाट ओछायानमा आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ।

आगो लागेको थाहा पाएपछि घरपरिवारले तत्काल उद्वार गरी महाकाली अञ्चल अस्पताल पुर्‍याएका थिए। आगोले शरीरको अधिकाशं भाग जलेको उनको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेटीले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।