काठमाडौं/ सामाजिक सञ्जालमा आजकल एक कुखुरो चर्चामा छ । यो कुखुरोको गर्दन नै छैन अनि अचम्मको कुरा त गर्दन काटिएको एक हप्तासम्म पनि कुखुरो जिउँदै थियो ।
कुखुरोको जीवन संघर्षका कारण उसलाई असली योद्धा नाम दिइयो । कुखुरोलाई थाइल्यान्डको रचाबुरीमा भेटिएको थियो । त्यहाँ भएको एक आक्रमणमा कुखुरोको टाउको काटिएको थियो । केही घन्टा मात्र बाँच्ला भनेको कुखुरो एक हप्ता बाँच्यो । एक चिकित्सकले कुखुरोको उपचार गरे र ऊ अहिले पूर्ण रूपमा स्वस्थ छ ।
यो कुखुरोलाई बौद्ध भिक्षुहरूले आश्रय दिएका छन् । कुखुरोलाई सिरिन्जमार्फत खानापानी दिन्छन् ।
कुखुरो गर्दनविना पनि कसरी बाँच्न सक्यो ? खासमा उसको शारीरिक संरचनाअनुुसार उसको दिमाग टाउकोमा तलतिर हुन्छ र सास दिने काम टाउकोको पछिल्तिरको भागले नियन्त्रण गर्छ । यस्तोमा टाउकोको अघिल्लो भाग काटियो भने पनि ऊ धेरै दिनसम्म जीवित रहन सक्छ ।
एजेन्सी