रुपन्देही/ विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न आठ ठाउँको एनसेलको टावरमा आगजानी गरेको छ।

राज्यलार्इ पूँजीगत लाभकर नतिर्ने कम्पनीको भण्डाफोर गर्न आगजनी गरिएको सो पार्टीले जनाएको छ।रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासी र सिन्धुलीमा रहेको एनसेलको टावरमा यो पार्टीका कार्यकर्ताले आगजनी गरेको हो।

यो पार्टीका कार्यकर्ताले विहिबार मध्यराति आगजनी गर्दा कपिलवस्तुको विजयनगर गाउँपालिका जुटपानिमा र बाणगँगा नगरपालिकामा रहेका दुर्इ एनसेल टावरमा पूर्ण रुपमा ध्वस्त भएको छन। त्यस्तै रुपन्देहीको रुद्रपुर, स्याङ्जाको विर्घामा,पाल्पाको माथगढी,गुल्मीमा रहेको टावर, बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोट लगायत मध्य नेपालका दर्जनभन्दा बढी टावरमा आगजनी गरेको छ।