चर्चा एवं लोकप्रियताको उत्कर्षमा थिए, कपिल शर्मा । उनको ‘कपिल शर्मा शो’ यस्तो प्लेटर्फम थियो, जहाँ उभिन बलिउड स्टार्स समेत लालायित हुन्थे । फुर्सदमा बलिउडकर्मीले त्यही च्यानल दबाउँथे, जहाँ कपिल शर्मा हँसाइरहेका हुन्थे ।

तर, उनमा मात चढ्यो । दम्भ बढ्यो । ‘मैलें जे पनि गर्दा हुन्छ’ भन्ने अहंकारले उनलाई मासेर छाड्यो ।

आफ्नै सहकर्मी सुनिल ग्रोबरमाथि दुव्र्यवहार गरेपछि उनको लोकप्रियता खुइलिँदै गयो । त्यति लोकप्रिय कार्यक्रम एकाएक बन्द हुन पुग्यो । त्यसबेला कपिल ‘हिरो’ पनि बन्दै थिए । दोस्रो फिल्म ‘फिरंगी’लाई उनले आफ्नो स्टेज शोसँगै अगाडि बढाइरहेका थिए । ‘द कपिल शर्मा शो’ अधोगतिमा लागेकै बेला उनको फिल्म हलमा चढ्यो । फिल्मको प्रिमियरमा समेत निम्तालु सहकर्मीहरू आइदिएनन् । फिल्म सुपर फ्लप भयो ।

त्यसबीचमा उनी बिरामी परे । डिप्रेसनले गाँजेको हल्ला चल्यो । यस्ता उतार(चढाव झेल्दै उनी फेरि टेलिभिजन स्त्रिmनमा देखा परे । कार्यक्रम हो- फेमेली टाइम विथ कपिल शर्मा ।

यसले कपिलको गुमेको लोकप्रियता फर्काउने अपेक्षा गरिएको थियो । तर, त्यस्तो छाँट देखिएन । ‘फेमेली टाइम विथ कपिल शर्मा’को पहिलो एपिशोडबाट दर्शक निराश भए ।

जब कि यो शो पनि उनको त्यही टेलिभिजनबाट, त्यही समयमा प्रशारण गर्ने मेलोमेसो मिलाइएको छ, जुन समयमा द कपिल शर्मा आउने गथ्र्यो । तर, यो शोले गतिलो सुरुवात गरेन ।