भक्तपुर/विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ बस्ने २२ वर्षीय गणेश लामा, २१ वर्षीय लच्छु कार्की, २३ वर्षीय अनिल मगर, २४ वर्षीय सुमन तामाङ र २१ वर्षीय रुपक तामाङ रहेका छन् ।
उनीहरुले यही चैत १० गते काभ्रे, मन्डन–देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलबाट नगद रु तीन लाख चोरी गरेर फरार रहेको अभियोगमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई भक्तपुर नगरपालिका–१०, कमलविनायकबाट बा७च ४२ नम्बरको कारसहित पक्राउ गरेको उनले जानकारी दिए ।
उनीहरुको साथबाट नगद रु एक लाख ६ हजार २१०, केही विदेशी मुद्रा, सुनको सिक्री एकथान, सुनको औंठी एकथानलगायतका सामग्री बरामद गरी थप अनुसन्धानका लागि सोमबारै इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेलाई बुझाएको उनले जानकारी दिए । रासस